4 years ago
July 22, 2021
एजेन्सी – टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाको यु–२३ टोलीले अष्ट्रेलियासँग हार बेहोरेको छ । बिहीबार साप्पोरो डोमीमा भएको खेलमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनाले अष्ट्रेलियासँग २–० को हार बेहोरेको हो ।
अष्ट्रेलियाको जितमा लाचलान वालेस र मार्काे टिलियोले गोल गरे । खेलको १४औं मिनेटमा लाचलान वालेसले गोल गर्दै अष्ट्रेलियालाई १–० को अग्रता दिलाए । उनले मिटचेल डुकेको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा फ्रान्सिस्को ओर्टेगा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि अर्जेन्टिनामा समस्यामा परेको थियो ।
खेल सकिन १० मिनेट बाँकी रहँदा मार्काे टिलियोले गोल गर्दै अर्जेन्टिनालाई २–० को हार चखाए । मार्काे टिलियोले मिटचेल डुकेकै पासमा गोल गरेको थियो । यो समूहको अर्काे खेलमा इजिप्ट र स्पेनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सबै चार टोलीले समान एक खेल खेल्दा अष्ट्रेलिया ३ अंक जोडेर शीर्षस्थानमा रहँदा इजिप्ट र स्पेन समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा अंकविहीन अर्जेन्टिना पुछारमा छ ।
युरोपेली च्याम्पियनसिपमा प्रभावशाली प्रदर्शन गरेका पेड्री र ड्यानी ओल्मोसँगै मार्को एसेन्सियोलाई पहिलो रोजाइमा उतारेको स्पेनले इजिप्टविरुद्ध गोल गर्न सकेन । आक्रमणमा कमजोर देखिएको स्पेनलाई बराबरीसँगै चोटको समस्याले पनि पिरोलेको छ । मिडफिल्डर ड्यानी सेबालोस र डिफेन्डर ओस्कार मिन्गुएजा चोटका कारण मैदान छाड्न बाध्य भएका थिए ।
इजिप्टले रक्षात्मक रणनीति अपनाउँदै ५ डिफेन्डरलाई मैदान उतारेको थियो । स्पेनले मुख्य फरवार्डबिना नै सुरुवाती ११ खेलाएपनि राम्रो सुरुवात गरेको थियो । तर बल पोसेसनमा पकड भएपनि अन्तिम आक्रमणमा भने स्पेन चुक्यो । अन्त्यतिर राफा मिर, ब्रायन गिल र कार्लोस सोलेरले केहि सुधार गरेपनि गोल गर्न भने सकेनन् । स्पेनले अब अर्जेन्टिना र अष्ट्रेलियासँग खेल्न बाँकी छ ।
त्यसअघि विहीबार नै एजिनोमोटो स्टेडियम चोफुमा फ्रान्स मेक्सिकोसँग ४–१ ले स्तब्ध बन्यो । फ्रान्सलाई स्तब्ध पार्न मेक्सिकोका एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाेभा, कार्लाेस एन्टुना र इडुआर्डाे एगुएरेले समान एक गोल गरे । फ्रान्सका आन्द्रे पिएरे जिग्नाकले सान्त्वना गोल फर्काए ।
प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा सबै ५ गोल दोस्रो हाफमा सम्भव भएको हो । ४७औं मिनेटमा एर्नेस्टो भेगाको गोलबाट मेक्सिकोले अग्रता लिएको थियो । ५५औं मिनेटमा फ्रान्सिस्को कोर्डाेभाले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे । ६९औं मिनेटमा आन्द्रे पिएरे जिग्नाकले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
८०औं मिनेटमा कार्लाेस एन्टुनाले गोल गरेपछि फ्रान्सको खेलमा फर्कने सम्भावना सकिएको थियो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडुआर्डाेले गोल गर्दै मेक्सिकोलाई ४–१ को सानदार जित दिलाए । यो जितपछि समूह ‘ए’ मा मेक्सिकोको ३ अंक पुगेको छ । फ्रान्स अंकविहीन हुदै पुछारमा छ ।
समूह डीमा आइभोरी कोस्टले साउदी अरेबियालाई २-१ ले पराजित गर्यो । यस्तै दक्षिण कोरिया भने न्युजिल्यान्डसँग १-० ले पराजित भयो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]