4 years ago
July 21, 2021
एजेन्सी – क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी आफ्नो पुस्ताका सर्वाधिक सफल खेलाडी हुन् । पछिल्ला डेढ दशक यता विश्व फुटबलमा सर्वाधिक चर्चामा यि दुई खेलाडी रहेका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डो र अर्जेन्टिनाका कप्तान मेस्सीले व्यवसायिक खेल जीवनमा सबै उपाधि जितिसकेका छन् । देशका रोनाल्डोले युरोपियन च्याम्पियनसिप र मेस्सीले हालै मात्र कोपा अमेरिका जितेका थिए । मेस्सीले देशका लागि ओलम्पिकमा समेत स्वर्ण पदक जितेका थिए । सन् २००८ बेजिङ ओलम्पिकमा मेस्सी सम्मिलित टोली विजयी भएको थियो ।
तर रोनाल्डोले ओलम्पिक खेलेका छन् वा छैनन् भन्नेमा धेरैलाई स्मरण नहुन सक्छ । १९ वर्षको उमेरमा रोनाल्डोले पोर्चुगलबाट २००४ को एथेन्स ओलिम्पिक खेलेका थिए । तर उनको र टोलीका लागि प्रदर्शन भने स्मरणीय हुन सकेन ।
कस्तो थियो रोनाल्डोको प्रदर्शन ?
रोनाल्डो ओलम्पिक टोलीको हिस्सा रहेपनि एथेन्स ओलम्पिक पोर्चुगलको प्रदर्शन सन्तोषजनक रहेन । पोर्चुगल त्यो ओलम्पिकको समूह चरणबाटै बाहिरिएको थियो । इराक, कोस्टा रिका र मोरोक्को सम्मलित समूहको अन्तिममा रहदै पार्चुगलले ओलम्पिक यात्राको अन्त्य गरेको थियो । पोर्चुगललले ३ मध्ये एक मात्र खेलमा मोरोक्कोलाई २–१ ले हराएको थियो । उके खेलमा रोनाल्डोले प्रतियोगितामा एकमात्र व्यक्तिगत गोल गरेका थिए । पोर्चुगल कोस्टारिका र इराकसँग ४-२ ले पराजित भएको थियो ।
ओलम्पिकमा मेस्सीको प्रदर्शन
बेजिङ ओलम्पिक खेल्दा मेस्सी २१ वर्षका थिए । अर्जेन्टिनाका लागि मेस्सीको त्यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । ओलम्पिक यू २३ टोलीले खेल्ने प्रतियोगिता हो । हुवा रोमन रिक्वेल्मीको कप्तानीमा अर्जेन्टिनाले ओलम्पिक खेलेको थियो ।
टोलीले ओलम्पिकमा कुनै पनि खेल नगुमाई च्याम्पियन बनेको थियो । त्यो क्रममा मेस्सीले २ गोल गरेका थिए । समूह चरणमा आइभरी कोष्टविरुद्ध गोल गरेका मेस्सीले दोस्रो गोल नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा गरेका थिए ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]