4 years ago
July 20, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ३ गतेबाट गर्ने भनेको सहिद स्मारक ए डिभिजन तोकेको मितिमा हुनेमा शंका बढेको छ । ललितपुरका ४ ए डिभिजन क्लबले एन्फाले एकपक्षिय रुपमा लिगको मिति घोषणा गरेकोमा असहमति जनाउँदै ए डिभिजन क्बलहरुको बैठक बोलाउने माग गरेको छ ।
जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सन्जिव शिल्पकार र ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष डा. लालकुमार पुनले मंगलबार संयुक्त रुपमा एन्फालाई पत्र बुझाएका छन् । एन्फा अध्यक्षलाई सम्बोधन गरेको पत्र ए डिभिजन क्लबका पदाधिकारी महासचिव इन्द्रमान तुलाधरले बुझाएका थिए ।
‘एन्फाबाट असार ३१ गते कर्मचारीको इमेलबाट पठाएको पत्रमा २०७८ साउन १० गते भित्र टिम दर्ताका लागि पत्र पठाइएकोमा हामी ४ वटा क्लबहरुको असहमति रहेको जानकारी गराउन चाहन्छौं । असार १४ गते एन्फा र ए डिभिजन क्लबहरुको संयुक्त बैठकमा लिग प्रतियोगिताको मार्केटिङका लागि मात्र मिति तय गरौं भन्ने अध्यक्ष ज्यूको विशेष अनुरोध अनुसार हाललाई लिग असोज ३ गतेका लागि तय गरि अन्य विषयमा छलफल गर्न छिट्टै सम्पूर्ण क्लबहरुसँग बस्ने निर्णय भएको थियो,’ पत्रमा भनिएको छ,‘ उक्त सहमति अनुसार नभई एन्फाबाट टिम दर्ता सम्बन्धि एकपक्षिय रुपमा पत्र पठाएको कुरामा असहमति जनाउँदै ए डिभिजन क्लबहरुको यथाशीघ्र बैठक बोलाउन हार्दिक अनुरोध गर्दछ ।’
कोभिडको भयावह स्थितिमा पनि ए डिभिजन लिग आयोजना गर्न कुनैपनि हालमा उपयुक्त नभएको ठहर गर्दै ४ क्लबले संक्रमण दरमा अत्याधिक कमि आइसकेपछि मात्र लिगलगायत फुटबल गतिविधि गर्न उपयुक्त हुने सुझाव दिएका छन् । साथै उनीहरुले एन्फा अध्यक्ष, पदाधिकारी, सदस्यलाई यो विषयलाई गम्भिरतापूर्वक लिन आग्रह समेत गरेका छन् ।
केहि ए डिभिजन क्लबले भने खेलाडी आबद्ध गर्नेदेखि लिगलाई लक्षित गर्दै तयारी सुरु गरिसकेका छन् । ४ क्लबको यो सहमति पछि अब ए डिभिजन लिग तोकिएको मितिमा हुनेमा शंका बढेको छ । ए डिभिजन लिगको पछिल्लो संस्करण २०७६ मा आयोजना भएको थियो । जसमा मछिन्द्र क्लब पहिलो पटक च्याम्पियन बनेको थियो ।
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]