4 years ago
July 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कार्यसमितिका ३ पदाधिकारी र एक सदस्यले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक माग गरेका छन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्का र सदस्य दावा लामाले संयुक्त रुपमा एन्फा अध्यक्षलाई पत्र लेख्दै कार्यसमितिको बैठक माग गरेका हुन् ।
‘हामीले भिन्न भिन्न मितिमा भिन्न भिन्न पत्र पठाई एन्फा केन्द्रिय कार्यकारी समितिको बैठकको माग गरेकोमा महिना दिन बितिसक्दा पनि बैठक बस्ने बारे केहि सुचना नआएकोले पुनः पत्र लेखि एन्फाको केन्द्रिय समिति बैठक यथाशीघ्र बस्न अनुरोध गर्दैछौं,’ आइबार बुझाइएको पत्रमा उल्लेख छ ।
३ पदाधिकारी र सदस्यले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुगि एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र बुझाएका थिए । एन्फाको २०७५ वैशाख २२ गते भएको केन्द्रिय कार्यसमितिमा अध्यक्ष कर्माछिरिङ शेर्पाकै प्यानलबाट नेम्बाङ, थापा, खड्का र सदस्य लामा निर्वाचित भएका थिए ।
निर्वाचित भएको केहि समयदेखि अध्यक्ष शेर्पासँग नेम्बाङ र सदस्य लामाले फरक मत राख्दै आएका थिए । केहि समययता उपाध्यक्ष थापा र खड्का पनि शेर्पासँग असहमत हुँदै आएका छन् । यसअघि नेम्बाङले तथा थापा, खड्का र लामाले एन्फा केन्द्रिय समितिको बैठक माग गर्दै पत्र बुझाएका थिए ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]