4 years ago
July 12, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को फाइनल अन्तर्गत इंग्ल्यान्ड र इटालीबीचको खेल अतिरिक्त समयमा लम्बिएको छ । इटालीले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो ।
खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए । दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट पहिलो टचमा नै गोल गरेका थिए ।
आठौं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेको फ्रिकिकले वाल पार गरेपनि गोलरक्षक जोर्डन पिकफर्डलाई कुनै समस्या दिन सकेन । १४ औं मिनेटमा मेसन माउन्टको क्रसमा गोलरक्षक जियानलुइजी डोनारुम्माले सहज बचाउ गर्दै खतरा टारे ।
२८ औं मिनेटमा इन्सिगनेले इंग्ल्यान्डको रक्षापंक्ति तोडेपनि उनको अन्तिम प्रहारले पोस्टको दिशा लिन भने सकेन । ३५ औं मिनेटमा फेडेरिको किएजाले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको प्रहारमा गोलरक्षक पिकफर्ड बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरियो ।
इन्ज्युरी समयमा चिरो इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा डिफेन्डर जोन स्टोन्स बाधक बने । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना नगर्दा इंग्ल्यान्ड पहिलो हाफमा अग्रता जोगाउन सफल रहयो ।
दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । एकपछि अर्को आक्रमण विफल पारेको इंग्ल्यान्डले काउन्टरमा अवसर भने सिर्जना गरेको थियो । ६२ औं मिनेटमा किएजाको प्रहारमा पिकफर्डले सुन्दर बचाउ गर्दै स्कोर परिवर्तन हुन दिएनन् । अर्कोतर्फ डोनारुम्म़ाले स्टोन्सको हेडर बचाएका थिए ।
६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् । इंग्ल्यान्डको डिफेन्सले क्लिअर गर्न नसकेको सेट पिसमा इटाली खेलमा फर्किएको थियो ।
७४ औं मिनेटमा इटालीले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । बोनुचीको लामो पासमा बेरार्डीले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । डिफेन्स लाइन बिट भएर गोलरक्षक समेत अघि बढेको अवस्थामा बेरार्डीले हतारमा गरेको प्रहार बाहिरिएको थियो ।
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]