4 years ago
July 5, 2021
एजेन्सी – विश्व फुटबलका दुई शक्तिशाली महादेश दक्षिण अमेरिका र युरोपमा अहिले आ-आफ्नो क्षेत्रको सर्वोच्च फुटबल प्रतियोगिता चलिरहेको छ । कोपा अमेरिका र युरोपेली च्याम्पियनसिप दुवैको क्वाटरफाइनल चरणका खेल समाप्त भएका छन् ।
पछिल्लो डेढ दशकयता विश्व फुटबलमा चर्चा जमाउँदै आएका अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले व्यक्तिगत प्रदर्शनमा भने फेरी एकपटक आफूलाई अब्बल सावित गरेका छन् । रोनाल्डोको पोर्चुगल युरोको राउन्ड अफ १६ मा रोकिन पुग्यो । बेल्जियमसँग १-० को हार बेहोर्दै टोली बाहिरिएको हो । यता मेस्सीको अर्जेन्टिनाले भने सेमिफाइनलमा कोलोम्बियाको सामना गर्दैछ ।
कोपा अमेरिका २०२१ अन्तर्गत क्वाटरफाइनल चरणको खेल सकिएसँगै अब सेमिफाइनल, तेस्रो स्थान र फाइनल खेल मात्र बाँकी छ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले गोल र असिस्ट दुवैमा अग्रस्थानमा आफूलाई राखेका छन् ।
शनिबार भएको क्वाटरफाइनलमा मेस्सीले फ्रिकिकमा गोल र दुई असिस्ट दिएपछि अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । यससँगै मेस्सीले प्रतियोगितामा गोल संख्या ४ पुर्याए । मेस्सीले फ्रिकिकमा मात्र दुई गोल गरेका छन् । उनले यसअघि चिलीविरुद्ध फ्रिकिकमा गोल गरेका थिए । उनले बोलिभियाविरुद्ध समूह चरणमा दुई गोल गरेका थिए ।
सर्वाधिक गोल गर्ने सुचिमा ८ खेलाडीले २-२ गोल गरेका छन् । त्यसमध्य अर्जेन्टिनाकै पापु गोमेज र लाउटारो मार्टिनेज, ब्राजिलका नेयमार तथा पेरुका आन्द्रे कारिल्लो र जियान्लुका लापाडुला अझै प्रतियोगितामा २-२ खेल खेल्नेछन् । यसबाहेक बोलिभियाको एर्विन साभिद्रा, चिलीका एडुआर्डो भारगास, इक्वेडरका एर्तन प्रेसियादो, पाराग्वेका एन्जल रोमेरो र उरुग्वेका एडिन्सन काभानीले २-२ गोल गरे ।
यस्तै असिस्टतर्फ पनि मेस्सी नै शीर्षस्थानमा छन् । उनले प्रतियोगितामा ४ असिस्ट दिइसकेका छन् । इक्वेडरविरुद्ध दुई असिस्ट दिएका उनले समूह चरणमा बोलिभिया र उरुग्वेविरुद्ध पनि १-१ असिस्ट दिएका थिए । गोलको सुचिमा जस्तै असिस्टमा पनि उनलाई ब्राजिलका नेयमारले पछ्याएका छन् । उनको नाममा २ असिस्ट छ ।
कोपा अमेरिकाको सेमिफाइनलमा अब अर्जेन्टिनाले कोलोम्बियासँग खेल्नेछ । साविक विजेता ब्राजिलले फाइनल प्रवेशका लागि पेरुको सामना गर्नेछ । विजेता दुई टोलीले फाइनल खेल्दा पराजित हुने टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन् ।
यता युरोपेली च्याम्पियनसिपमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले समान ५-५ गोल गरेका छन् । दुवै खेलाडीले प्रतियोगितामा अन्तिम खेल खेलिसकेका छन् ।
समान गोल गरेको अवस्थामा असिस्ट संख्याले सर्वाधिक गोलकर्ताको छिनोफानो हुनेछ । यसमा रोनाल्डोले एक असिस्ट दिँदा सिकको नाममा कुनै असिस्ट छैन । त्यसैले रोनाल्डो नै अहिले दौडमा अघि छन् । त्यस्तै ४ गोल गरेका बेल्जियमका रोमेलु लुकाकु, फ्रान्सका करीम बेन्जेमा र स्वीडेनका एमिल फोर्सबर्गको टोली पनि प्रतियोगिताबाट बिदा भइसकेको छ ।
यस्तो अवस्थामा तीन गोल गरेका इंग्ल्यान्डका ह्यारी केन र रहिम स्टर्लिङसँगै डेनमार्कका कास्पर डोलबर्ग गोल्डेन बुटका दौडमा छन् । सेमिफाइनलमा यी दुई टोलीले एक अर्काको सामना गर्ने हुँदा अबको दुई खेलमा यी खेलाडीलाई आफ्नो गोलसंख्या बढाउने अवसर रहनेछ । उपाधि दावेदार मानिएको इंग्ल्यान्डका दुई स्टारले यसमा दाबेदारी प्रस्तुत गर्नेछन् । ३ गोल गर्नेमा नेदरल्यान्ड्सका जिओर्जिनिओ वाइनाल्डम, पोल्याण्डका रोबर्ट लेवान्डोस्की, स्विट्जरल्यान्डका हरिस सेफेरोभिच र जेर्दान शकिरी छन् ।
प्रतियोगितामा अर्को सेमिफाइनल खेल्ने इटाली ४ र स्पेनका ३ खेलाडीले २-२ गोल गरेका छन् । इटालीबाट चिरो इम्मोबिले, लोरेन्जो इन्सिगने, म्यानुएल लोकाटेली र म्याटियो पेसिना तथा स्पेनका अल्भारो मोराटा, पाब्लो सराबिया र फेरान टोरेसले २-२ गोल गरेका छन् । डेनमार्कका जोकिम माहेल र युसुफ पाउल्सेनको नाममा पनि २-२ गोल रहेको छ ।
यसपटक आत्मघाती गोलको संख्याले पनि युरोमा कीर्तिमान बनायो । क्वाटरफाइनल चरणसम्म आइपुग्दा १० आत्मघाती गोल भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा टर्कीका मरिह डेमिरालले इटालीविरुद्ध गरेको आत्मघाती गोल क्वाटरफाइनलमा स्विट्जरल्यान्डका डेनिस जाकारियाले स्पेनविरुद्ध सम्म दशौं गोल भएको थियो ।
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]