8 years ago
November 2, 2016
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीले च्याम्पिन्स लिगमा बार्सिलोनालाई ३–१ ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अघिल्लो खेलमा ४–० ले हराएको सिटीले यसपटक घरेलु मैदानमा १–० ले पछि पर्नाका बावजुद नतिजा उल्टाएको थियो ।
इके गुन्डोगनको २ गोलमा सिटीले जित हासिल गरेको थियो । समूह चरणमा अन्तिम दुई खेल बाँकी रहँदा समूह सीमा बार्सिलोना ९ अंकसहित शीर्षस्थानमा छ भने सिटीको ७ अंक छ । त्यस्तै बोरुसिया मोन्चेनग्लाडवाचको ४ र सेल्टिकको २ अंक छ । मोन्चेनग्लाडवाच र सेल्टिकले १ –१ को बराबरी खेले ।
बुधबार बिहान भएका अन्य खेलमा प्रिमियर लिगको अर्को टोली आर्सनलले समूह एमा लुडोगोरेट्स राजगार्डलाई ३–२ ले हरायो । सोही समूहमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बासेललाई २–१ ले निराश पार्यो । त्यो समूहमा समान १० अंक जोडेका आर्सनल र पिएसजी अघि बढ्ने लगभग निश्चित छ । बाँकी दुई टोलीको समान १ अंक छ ।
समूह बीमा बेसिकटास र नेपोलीले १ –१ को बराबरी खेले भने बेनफिकाले डाइनोमो किभलाई १¬० ले पराजित गर्यो । नेपाली र बेनफिकाको समान ७ अंक र बेसिटासको ६ अंक र डाइनोमोको १ अंक छ ।
समूह डीमा एट्लेटिको मड्रिड र जर्मन टोली बार्यन म्युनिख विजयी भए । एट्लेटिकोले एफसी रोस्तोभलाई र बायर्नले पिएसभी आइन्डहोभनलाई समान २–१ ले हरायो । १२ अंकसहित एट्लेटिको शीर्षस्थानमा छ भने बार्यनको ९ अंक छ । बाँकी दुई टोलीको समान १ अंक छ । समूह चरणमा चौथो खेलको नतिजापछि आर्सनल, बायर्न र एट्लेटिको नकआउटचरणमा पुगेका छन् ।
लियोन मेसीको गोलबाट अग्रता लिनका वावजुद बार्सिलोना पराजित भएको थियो । मेसीले २१ मिनेटमा गोल गरे । तर गन्डोगनले ३९ ओं मिनेटमा बराबरी गोल फर्काए । केभिन डी ब्रुनेले ५१ औं मिनेटमा गोल गरे भने गुन्डोगनले ७४ औं मिनेटमा अर्को गोल थप्दै सिटीको जित पक्का गरे ।
खेल सकिन दुई मिनेट बाँकी रहँदा मेसुट ओजिलले गोल गरेपछि आर्सनल विजयी भएको थियो । २–० ले पछि परेर पनि आर्सनल अवे खेल जित्न सफल भएको थियो । जोनाथन काफु र क्लाउडियुउ केकेरुको गोलमा राजगार्डले १५ मिनेटमै २–० को अग्रता लिएको थियो । तर पहिलो हाफमै ग्रानिटक झाका र ओलिभर जिर्राउडले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । अन्तिम मिनेटमा थोमस मिउनियरको गोलमा पिएसजी विजयी भएको थियो । ब्वाइसी माटुडीको गोलमा पिएसजीले ४१ औ मिनेटमा अग्रता लिएको थियो भने बासेलका लाििग लुका जुफिले ७६ औं मिनेटमा बराबरी गोल गरेका थिए । अर्को खेलमा इडुराडो सोल्भियोको पेनाल्टी गोलमा बेनफिका विजयी भएको थियो ।
पेनाल्टीमा बराबरी गोल फर्काएका रोर्बेट लेवान्डोवेस्कीले विजयी गोल पनि गरेका थिए । १४ औं मिनेटमा सान्टियगो अरियसको गोलबाट पिएसभीले अग्रता लिएको थियो । ३४ औं मिनेटमा लेवान्डोवेस्कले पेनाल्टीमा र ७४ औं मिनेटमा अर्को गोल गरेका थिए । अन्तिम मिनेटमा एन्टिोनी ग्रिजम्यानको गोल गर्दै एट्लेटिकोलाई जित दिलाए । पहिलो गोल पनि ग्रिजम्यानले २९ मिनेटमा गरेपनि रास्तोफका सेरडार अजमोउनले बराबरी गोल गरेका थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]