default_image

4 years ago

June 30, 2021

पिटरलाई भित्र्याउँदै सातदोबाटोको लिग तयारी सुरु

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगको तयारी सुरु गरेको छ । गत फागुनमा मात्रै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले आउने लिगका लागि पहिलो खेलाडीका रुपमा नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई अनुबन्धन गरेको छ ।

लामो समयदेखि घरेलु फुटबल खेलिरहेका सेगुनले पछिल्लोपटक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबबाट खेलेका थिए । देशका चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टारबाट समेत खेलिसकेका सेन्ट्रल डिफेन्डर सेगुनले जेठमा सम्पन्न पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) ललितपुर सिटी एफसीमा आबद्ध थिए ।

सातोदाबाटोले सोमबार उनलाई ९ महिनाका लागि अनुबन्धन गरेको जनाउँदै क्लबका अध्यक्ष कपिल रानामगरले अन्य केहि खेलाडीसँग अर्को साता सम्झौता गरिने बताए । ‘गत वर्ष बी डिभिजन लिग च्याम्पियन हुँदाका ९/१० खेलाडी, केहि राष्ट्रिय खेलाडी र अन्य दुई विदेशी खेलाडीसँग सम्झौता गर्ने गरि छलफल चलाई रहेका छौं,’ रानमगरले भने, ‘अर्को साता सम्ममा धेरै टुंगो लगाइसक्ने तयारीमा छौं । हामीले २५ जना सम्म खेलाडी लिने योजना बनाएका छौं ।’

क्लबले आन्तरिक सम्झौता गरेपनि अखिल नेपाल फुटबल संघ (एन्फा) मा खेलाडी दर्ता भने खुलिसकेको छैन । टोलीले असोज ३ गतेबाट सुरु हुने लिगका लागि साउन २ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेको अध्यक्ष रानामगरले बताए । टोलीमा नयाँ प्रशिक्षक आबद्ध गराउने विषयमा पनि छलफल अन्तिम चरणमा रहेको उल्लेख गर्दै उनले थपे, ‘केहि दिनमा प्रशिक्षकको पनि टुंगो लागाउनेछौं ।’ क्लबलाई ए डिभिजनमा बढुवा गराउँदाका प्रशिक्षक सनोज श्रेष्ठ भने अर्को ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लबमा आबद्ध छन् ।

लिगका लागि झन्डै डेढ करोड खर्च हुने क्लबले अनुमान गरेको छ । सातदोबाटोमा आफ्नै ४ तले भवन रहेको क्लबले त्यसको भाडाबाट झन्डै ११ लाख रुपैयाँ आम्दानी गर्छ । क्लबको भाडा, एन्फाले दिने तयारी खर्च, नगरपालिका र वडाबाट आउने सहयोग नै क्लबको खर्चको मुख्य श्रोत हो ।

खेलाडीको पारिश्रमिकमा मात्रै करोड भन्दा बढी, प्रशिक्षण र अन्य व्यवस्थापन गरेर डेढ करोड रुपैयाँ आसपास खर्च हुने क्लबको अनुमान छ । विगतमा जस्तै लगनखेलस्थित बुद्धि विकास मण्डलमा प्रशिक्षण गर्ने गरि छलफल अघि बढेको अध्यक्ष रानामगरले बताए । शीर्ष ३ भित्र पर्ने लक्ष्य सहित तयारी थाल्न लागेको जनाउँदै अध्यक्ष रानामगरले भने, ‘त्यो नसक्दा शीर्ष ६ भित्र रहने गरिने लिग टुंगाउने योजना छ ।’

२०५७ सालमा स्थापना भएको सातदोबाटो छनोट पार गरेर २०५९ सालमा ए डिभिजन लिगमा पुगेको थियो । २०६८ सालदेखि ‘बी’ डिभिजन लिग खेल्न थालेको टोली यसअघि दुई पटक ए डिभिजन लिगको नजिक पुगेर पनि असफल भएको थियो । दुई सिजनअघि निर्णायक खेलमा एनआरटीविरुद्ध जित निकाल्न नसकेपछि सातदोबाटो ‘ए’ डिभिजनमा पुग्नबाट बञ्चित भएको छ । पछिल्लो पटक बढुवा भएको एक वर्ष नै नपुग्दै सातदोबाटो ए डिभिजनको तयारीमा जुटेको छ ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । शनिबार भएको खेलमा बायर्नले सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ तथा ह्यारी केनले १ गोल गरे । पाहुना टोली पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

March 30, 2025

पिएसजीलाई लिग वानको उपाधि नजिक

एजेन्सी – अपराजित पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी १३औं फ्रान्सको फुटबल लिग लिग वानको उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा सेन्ट इटिएनलाई ६–१ ले हराउँदै पिएसजीले अपराजित रहँदै उपाधी नजिक पुगेकाे हो । शनिवारै मोनाकोले घरेलु मैदानमा नाइससँग २-१ को जित निकालेको थियो । यदि मोनाकोले नाइससँग बराबरी खेलेको भए पिएसजी […]

Success

Thank you for your time.