3 years ago
June 29, 2021
एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पे टाइब्रेकरमा चुकेपछि फ्रान्स युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ चरणबाट नै बाहिरियो । सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स ५-४ ले पराजित भएको हो ।
टाइब्रेकरमा एमबाप्पेको प्रहारलाई स्विस गोलरक्षक यान सोमरले विफल पारेका थिए । त्यसअघि फ्रान्सका सुरुवाती ४ प्रहार र स्विट्जरल्यान्डको सबै ५ प्रहार गोल भएको थियो । यस हारसँगै फ्रान्स सन् २०१० को विश्वकपपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनल पुग्न असफल रहयो ।
युवा फरवार्ड एम्बाप्पेले खेलपछि सामाजिक संजाल इन्स्टाग्राममार्फत माफी मागेका छन् । ‘यो पाना पल्टाउन निकै कठिन हुनेछ,’ प्रतियोगितामा १४ प्रहार गर्दै गोल गर्न नसकेका एमबाप्पेले लेखे, ‘प्रतियोगिताबाट बाहिरिंदा निकै दुख लागेको छ । हामी आफ्नो लक्ष्य प्राप्त गर्नबाट असफल रह्यौं ।’
‘म पेनाल्टीको लागि माफी माग्न चाहन्छु । म टोलीलाई सहयोग गर्न चाहन्थे तर सफल भइन । मलाई निन्द्रा पर्न पनि गाह्रो हुन्छ तर यो उत्कृष्ट खेलको जोखिम पाटो भनेको यहि नै हो ।’
‘मलाई थाहा छ समर्थकहरु दुखित हुनुहुन्छ । म अझपनि हामीलाई दिएको साथका लागि धन्यवाद दिन चाहन्छु । सधैं हामीलाई विश्वास गर्नुभएको छ,’ उनले भने, ‘ अब यहाँबाट उठेर अझै कठिन चुनौतीको सामना गर्नु महत्त्वपूर्ण हुन्छ । स्विट्जरल्यान्डलाई बधाई र आउने खेलको लागि शुभकामना ।’
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]