default_image

4 years ago

June 28, 2021

बेल्जियमको जितमा हाजार्ड र डे ब्रुएन घाइते

94 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत बेल्जियमले साविक विजेता पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । आइतबारको खेलमा बेल्जियमले आफ्ना दुई महत्त्वपूर्ण खेलाडीलाई भने चोटका कारण गुमाउन पुग्यो ।

कप्तान इडेन हाजार्ड र मिडफिल्डर केभिन डे ब्रुएनले चोटका कारण मैदान छाड्नुपरेको थियो । दुवै खेलाडी पोर्चुगलका खेलाडीबाट ट्याकल लाग्दा घाइते हुन पुगेका थिए । पहिलो हाफको अन्त्यतिर मिडफिल्डर जोआओ पाल्हिन्हाले गरेको ट्याकलमा डे ब्रुएन घाइते भएका थिए ।

हाफटाइममा विश्राम लिएर दोस्रो हाफमा मैदान उत्रेका उनले खेल्न भने सकेनन् । ४८ औं मिनेटमा नै उनले बेन्चलाई आफू खेल्न नसक्ने बताएपछि ड्रिज मर्टेन्स उनको स्थानमा प्रवेश गरेका थिए । डे ब्रुएनको प्रस्थानपछि बेल्जियमको आक्रमणमा कमी पनि देखिएको थियो ।

त्यस्तै हाजार्डले पनि खेल अवधिभर निकै ट्याकलको सामना गरे । यसैपनि एन्कलको चोटबाट ग्रस्त हुँदै आएका उनले ८५ औं मिनेटमा मैदान छाडेका थिए । हाजार्ड आफैंले पनि खेल्न कठिन भएपछि नै मैदान छाडेको बताए । यसपटक भने उनको चोट ह्यामस्ट्रीङमा लागेको हो ।

‘म घाइते हुन पुगें र ह्यामस्ट्रीङमा निकै दुखाइ महसुस भयो । अब चोटको अवस्था कस्तो छ भोली यकिन थाहा होला,’ उनले भने, ‘विस्तृत परिक्षणपछि मात्र के कति चोट छ भन्ने यकिन हुनेछ । म खेल्न नसक्ने भएपनि कप्तानको भूमिकामा टोलीसँग नै रहनेछु ।’

हाजार्ड र डे ब्रुएन दुवै बेल्जियमको टोलीमा महत्त्वपूर्ण नाम हुन् । प्रतियोगिताको सुरुवातमा यी दुई पूर्ण फिट नहुँदा पनि बेल्जियमले राम्रो सुरुवात गरेको थियो । अब यानिक करास्को र ड्रिज मर्टेन्सलाई विकल्पका रुपमा हेरिएको छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले दुवै खेलाडीले खेल्न सक्ने नसक्ने भन्नेबारे ४८ घण्टामा थाहा हुने बताए । दुवै खेलाडी टोलीका लागि महत्त्वपूर्ण भएकाले कुनै हतार नगर्ने उनको तर्क थियो ।

बेल्जियमले अब क्वाटरफाइनलमा इटालीको सामना गर्दैछ । इटालीले निकै प्रतिस्पर्धात्मक खेलमा शनिबार अष्ट्रियालाई २-१ ले पराजित गरेको थियो ।

यो पनि : पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

Success

Thank you for your time.