4 years ago
June 28, 2021
एजेन्सी – साविक विजेता पोर्चुगल राउन्ड अफ १६ चरणमा बेल्जियमसँग १-० को हार बेहोरेसँगै युरोपेली च्याम्पियनसिप २०२० बाट बिदा भयो । पोर्चुगलसँगै प्रतियोगिताकै सर्वकालीन महान् रोनाल्डोले पनि बिदा लिएका छन् ।
रोनाल्डोले यस संस्करणको ४ खेलमा ५ गोल गर्ने क्रममा थुप्रै कीर्तिमान आफ्नो नाम लेखाए । युरोमा सर्वाधिक खेल र सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाम गराएका रोनाल्डोले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान पनि बराबरी गरे । ग्रुप अफ डेथमा विश्वकपको पछिल्ला दुई विजेता फ्रान्स र जर्मनीविरुद्ध टोलीलाई बलियो प्रदर्शन गर्न प्रेरित गरेका रोनाल्डोले कप्तानी प्रदर्शन गरेका थिए ।
रोनाल्डोले सन् २००४ यता युरोको ५ संस्करणमा खेल्ने कीर्तिमान आफ्नो नाम गरे । यसक्रममा उनले हरेक संस्करणमा गोल गर्दै कुल गोलसंख्या १४ पुर्याए । यो सर्वाधिक गोल संख्या पनि हो । युरोको इतिहासमा छनोट चरण सहित उनले ६० खेल खेले ।
युरो इतिहासमा १२ खेलमा जित दर्ता गर्दै रोनाल्डो धेरै जित हासिल गर्ने खेलाडी पनि बने । उनले प्रतियोगितामा २५ खेल खेल्दै सबैभन्दा अनुभवी खेलाडीको कीर्तिमान पनि राखे । छनोट समेत गन्ने हो भने उनले ४५ गोल गरेका छन् । जुन आफैंमा दुर्लभ कीर्तिमान हो ।
रोनाल्डो र युरो कीर्तिमानको पर्याय नै बनेका छन् । सोमबार बेल्जियमविरुद्ध केहि कमजोर प्रदर्शन गरेका रोनाल्डो अब फेरी युरोमा दखिने सम्भावना असम्भव जस्तै छ । रोनाल्डोले अब विश्वकप खेलेपछि पोर्चुगलबाट बिदा लिने आँकलन गरिएको छ । तर रोनाल्डोको शारीरिक अवस्था र खेल्ने शैली हेर्ने हो भने केहि यकिन भन्न सकिने अवस्था छैन ।
युरो २०२४ का लागि उनले आफूलाई तयार राख्लान् या बिदा लिन्छन्, त्यो समयले नै बताउनेछ । अहिलेलाई भने रोनाल्डोले युरोको सर्वकालिन महानकै रुपमा बिदा लिएका छन् ।
यो पनि : ‘फाइनल पुग्ने विश्वास थियो’ – पोर्चुगिज प्रशिक्षक सान्तोस
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]
January 5, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]