8 years ago
November 1, 2016
कुचीङ (हाम्रो खेलकुद) – मलेसियामा बुधबारदेखि सुरु हुने एएफसीको सोलिडारिटी कपमा नेपाल उपाधी जितेर फर्किने बताएका छन्।
आज भएको पत्रकार सम्मेलनमा जापानी मुलका प्रशिक्षक ग्योतोकु कोजीले नेपाल प्रतियोगिताको दावेदार टोलि भएको प्रतिक्रिया दिए। भूकम्पका कारण रंगशाला प्रयोग गर्न नहुने भएपछि नेपालले अन्तराष्ट्रिय खेल खेल्न कम भएको र राष्ट्रिय टोलीका लागि यो राम्रो अवसर भएको उनले बताए।
कोजीले राष्ट्रिय टोलि सम्हालेएता नेपालले दुइ खेल खेलेको छ र दुवै बराबरीमा अन्त्य भएको थियो। उनले यो प्रतियोगिता जितेर टोलीले राम्रो संदेश दिनेमा विश्वोस्त रहेको बताए।
नेपालले पहिलो खेल टिमोर लेस्टेविरुद्ध कार्तिक २०गते खेल्दैछ।
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]
December 22, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]