default_image

4 years ago

June 27, 2021

चेकविरुद्ध नेदरल्यान्ड्सको टोलीमा एक परिवर्तन

87 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा चेक रिपब्लिकविरुद्ध टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । चेकले भने चोट र प्रतिबन्धका कारण कप्तानसहित तीन खेलाडी परिवर्तन गरेको छ ।

नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियालाई पराजित गरेको खेलबाट मिडफिल्डमा एक परिवर्तन गरेको हो । आयाक्सका युवा मिडफिल्डर रायन ग्राभान्बर्चको स्थानमा इटालियन क्लब एटलान्टाका मार्टेन डे रुन टोलीमा आएका छन् । प्रशिक्षक फ्रान्क डे बोएरले युवा फरवार्ड डोनी मालेनलाई पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि सुरुवाती रोजाइमा राखेका छन् ।

चेक रिपब्लिकले भने कप्तान भ्लादिमिर डारिडाले प्रशिक्षणका दौरान चोट बोकेपछि टोमस सुचेकलाई कप्तानको जिम्मेवारी सुम्पिएको छ । डिफेन्डर बोरिल प्रतिबन्धमा रहँदा जान्क्तो बेन्चमा झरेका छन् । पाभेल कादेर्बेक, एन्टोनिन बाराक र पिटर सेभ्चिक टोलीमा आएका छन् ।

नेदरल्यान्ड्स सुरुवाती ११ : (३-५-२)

मार्टेन स्टेकेलेनबर्ग : स्टेफान डे भ्राए, म्याथिस डे लिग्ट, डेली ब्लीन्ड : डेन्जेल डम्फ्राइज, मार्टेन डे रुन, जिओर्जिनिओ वाइनाल्डम, फ्रेंकी डे जोङ, प्याट्रिक भान आनहोल्ट : मेम्फिस डिपाए, डोनी मालेन

चेक सुरुवाती ११ : (४-२-३-१)

टोमस भाच्लिक : पाभेल कादेर्बेक, टोमस कालास, ओन्द्रेज सेलुत्स्का, भ्लादिमिर सौफाल : टोमस होलेस, टोमस सुचेक : लुकास मासोपुस्त, एन्टोनिन बाराक, पिटर सेभ्चिक : प्याट्रिक सिक

समूहमा युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनियाको चुनौती पन्छाएको समूह ‘सी’ को विजेता नेदरल्यान्ड्सले चेकविरुद्ध मैदान उत्रदा डच टोली सचेत भएर मैदान उत्रनेछ । किनभने सन् २०१६ मा डच टोली युरोमा छनोट हुन नसक्दा चेकले दुवै खेलमा डच टोलीलाई २–१ र ३–२ ले पराजित गरेको थियो । त्यसयता यि दुई टोली पहिलोपटक भिड्न लागेका हुन् ।

पछिल्लो ७ खेलमा अपराजित रहेको डच टोली उक्त हारको बदला लिने लक्ष्यमा समेत हुनेछ । प्रशिक्षक फ्रान्क डि बोएरले चेकविरुद्ध रणनीति बनाउनेछन् । तीन खेलमा दुई गोल र दुई असिस्ट दिइसकेका यसै सिजनमा बार्सिलोनामा अनुबन्ध भएका फरवार्ड मेम्फिस डिपाए टोलीको लागि हतियार हुनेछन् ।

समूह ‘सी’ बाट समूह विजेताको रुपमा अघि बढेको नेदरल्यान्ड्सले युक्रेनलाई ३–२, अष्ट्रियालाई २–० ले तथा नर्थ म्यासेडोनियालाई ३–० ले पराजित गरेको थियो । यो समूहबाट अष्ट्रिया समूह उपविजेता बन्दा युक्रेन उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको थियो ।

यता, समूहमा उत्कृष्ट सुरुवातको बावजुत उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको चेक लयमा रहेको डट टोलीलाई स्तब्ध पार्दै अघिल्लो चरणमा पुग्ने लक्ष्यमा हुनेछ । चेक पछिल्लो दुई खेलमा पाएको जितलाई निरन्तरता दिने लक्ष्यमा नै मैदान उत्रनेछ ।

समूह ‘डी’ बाट उत्कृष्ट तेस्रो टोलीको रुपमा अघि बढेको चेकले पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी तथा अन्तिम खेलमा इंग्ल्यान्डसँग १–० ले पराजित भएको थियो । यो समूहबाट इंग्ल्यान्ड समूह विजेता तथा क्रोएसिया उपविजेताको रुपमा अघि बढेको थियो ।

यि दुई टोलीको पछिल्लो ११ खेलको नतिजा चेक ५ खेलमा विजयी भएको छ । पछिल्लोपटक २०१५ अक्टोवरमा युरो छनोटमा चेकले ३–२ को जित निकालेको थियो । त्यसअघि पनि चेकले २–१ को जित पाएको थियो । यि दुई टोली २०१५ पछि पहिलोपटक खेल्न लागेको हो ।

यो पनि : यस्तो छ पोर्चुगलविरुद्ध बेल्जियमको इतिहास

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.