4 years ago
June 23, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डी को अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । स्कटल्यान्ड र क्रोएसियाको खेल भने १-१ को बराबरीमा छ ।
खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो । कप्तान ह्यारी केनको पासमा रहिम स्टर्लिङले गोलरक्षकलाई चिप गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । चेकको डिफेन्स संयम हुन नपाउँदै गरेको आक्रमणमा स्टर्लिङले अफसाइड ट्रयाप र गोलरक्षकलाई बिट गरेपनि पोस्ट बाधक बनेको थियो ।
स्टर्लिङकै गोलमा इंग्ल्यान्डले १२ औं मिनेटमा अग्रता लियो । युरोमा पहिलो पटक सुरुवाती रोजाइमा परेका ज्याक ग्रिलिसको क्रसमा स्टर्लिङले हेडरमार्फत गोल गरेका थिए । २५ औं मिनेटमा इंग्ल्यान्डको अग्रता दोब्बर पार्ने प्रयासमा गोलरक्षक भाच्लिक बाधक बने । पेनाल्टी क्षेत्रभित्र केनले बललाई नियन्त्रणमा राख्दै गरेको अन्तिम प्रहार गोलरक्षकले विफल पारेका थिए ।
२७ औं मिनेटमा इंग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफर्डले उत्कृष्ट बचाउ गर्दै अग्रता कायम राखे । टोमस होलेसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको लामो प्रहारलाई पिकफर्डले दायाँतर्फ डाइभ दिँदै विफल पारेका थिए । ३५ औं मिनेटमा टोमस सौचेकले आफ्नो प्रहारलाई पोस्टको दिशा दिन नसक्दा चेक खेलमा फर्कन सकेन । उनले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा पाएको बललाई बाहिर प्रहार गरेका थिए ।
यस्तै अर्को खेलमा निकोला भ्लासिचको गोलमा क्रोएसियाले १७ औं मिनेटमा स्कटल्यान्डविरुद्ध अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र आएको क्रसलाई इभान पेरिसिचले भ्लासिचको पथमा पठाएपछि उनले गोल गरेका थिए । तर क्यालम मक्ग्रेगरले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस समूहबाट इंग्ल्यान्ड र चेक रिपब्लिकले अन्तिम १६ मा स्थान बनाइसकेका छन् । स्कटल्यान्ड र क्रोएसियाको खेलमा जित हासिल गर्ने टोली अन्तिम १६ मा प्रवेश गर्नेछ । बराबरीले भने दुवै टोली समूह चरणबाट नै बाहिरिने छन् ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]