4 years ago
June 21, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुनेछ ।
समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ ।
नेदरल्यान्ड्स समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको छ । नर्थ म्यासेडोनिया समूह चरणबाट बाहिरिसकेको छ । युक्रेनले अष्ट्रियासँग बराबरी वा जित निकाले दोस्रो स्थान पक्का गर्दै अन्तिम १६ मा प्रवेश गर्नेछ । यता, अष्ट्रियाले युक्रेनलाई हराउन सके दोस्रो स्थान पक्का गर्नेछ । बराबरी वा हारले समूह चरण पार गर्न अन्य टोलीको नजिता कुर्नुपर्नेछ हुन्छ ।
यस्तै समूह ‘बी’ मा रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीचको खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । अन्तिम १६ मा स्थान पक्का गरेको बेल्जियमले अर्को खेलमा बराबरी मात्र गरेपनि शीर्षस्थान हासिल गर्नेछ । बेल्जियमलाई हराउन सके फिनल्यान्डल अघिल्लो चरण प्रवेश गर्नेछ । यदि बराबरीमा रोकिएको खण्डमा रसियाले हार्नुपर्नेछ ।
डेनमार्कलाई हराउन सके रसिया अन्तिम १६ मा पुग्नेछ । यदि बराबर भएको खण्डमा भने बेल्जियमले फिनल्यान्डबाट अंक खोस्नुपर्नेछ । डेनमार्कलाई दोस्रो स्थान हासिल गर्न रसियालाई पराजित गरेर बेल्जियमले फिनल्यान्डलाई हराउनुपर्नेछ । दुवै खेलको गोलअन्तरले पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सभापति कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज दुई ए डिभिजन टोली मच्छिन्द्र क्लब र संकटा क्लबबिच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। संकटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३-० पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । मच्छिन्द्रले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफ […]
January 27, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल नासरले अल फताहमाथि ३-१ को जित हासिल गरेको छ । अल अवाल पार्कमा आइतवार नासरले फताहलाई पराजित गरेको हो । नासरको जितमा मोहम्मद सिमांकन र क्रिस्टियानो रोनाल्डोले गोल गरे । फताहले नासरलाई आत्मघाती गोल उपहारस्वरुप दियो । फताहका लागि मुराट ब्याट्नाले सान्त्वना गोल गरे । खेलको ४१औं मिनेटमा नै […]
January 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलको फाइनलमा प्रवेशका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्नेछन्। विभागीय डर्बीका रुपमा रहेको लिगको दोस्रो क्वालिफायरमा आर्मी र पुलिस आमने सामने हुन लागेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । इलिमिनेटर खेलमा बागमती युथ क्लबलाई १-० ले […]