9 years ago
October 30, 2016
विनोदबाबु रिजाल
भरतपुर – सिएमजी क्लब संकटाले आइतबार १२ औं टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन टोली संकटाले फाइनलमाअर्को ए डिभिजन क्लब नेपाल आर्मीलाई ३–० ले हराउँदै उपाधि जितेको थियो । अघिल्लो दिन संकटा नवलपरासीमा राइनो संरक्षक कपको फाइनलमा ब्वाइज युनियनसँग पराजित भएको थियो ।
चितवनमा संकटाले उपाधिसहित ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । २ महिनाको फरकमा नारायणगढको क्याम्पाचौरमै दोस्रो उपाधि उचाल्ने आर्मीको सपना पुरा हुन सकेन । भदौ अन्तिम साता गरिएको नेपाल कपको चौथो संस्करणमा आर्मीले उपाधि जितेको थियो । संकटाको जितमा निराजन खड्का नायक रहे । उनको ह्याट्रिक गरेका थिए । १० औं मिनेटमा उनले पनोल्टीमा गोलको खाता खोलेका थिए । पहिलो हाफको इन्जुरीमा उनले दोस्रो गोल गरे । आर्मीका गोलरक्षक विकास मल्ल विट भएको मौकामा उनले सजिलै गोल गरेका थिए ।
पहिलो रोजाइका स्ट्राइकरद्वय भरत खवास र नवयुग श्रेष्ठको अभाव आर्मीमा देखियो । आशिष शाक्य, टंक बस्नेत र टेकबहादुर बुढाथोकीले राम्रो खेलेपनि गोल गर्न सकेनन् । दोस्रो हाफको ३४ औं मिनेटमा आर्मीले पाएको पेनाल्टी अवसरलाई जितेन्द्र कार्कीले सदुपयोग गर्न सकेनन् । उनले गरेको सशक्त प्रहार क्रसबारमा ठोक्किएर फर्कियो । त्यसपछि आर्मी अझै कमजोर देखियो । लगत्तै दोस्रो हाफको ३६ औं मिनेटमा पुनः निराजन ले गोल थप्दै ह्याट्रिक पुरा गरे । उनै फाइनलको म्यान अफ दी म्याच बने र १० हजार रुपैयाँ प्राप्त गरे ।
कुल ६ गोल गरेका निराजन उच्च गोलकर्ता पनि बने र १५ हजार रुपैयाँ पाए । चितवन–११ ले फेयर प्ले टिमका रुपमा २५ हजार रुपैयाँ पायो । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले विजेता उपविजेता टोली खेलाडीलाई पुरस्कृत गरे । प्रतियोगितामा १५ टोलीको सहभागिता थियो । प्रतियोगिता २०५७ पछि यसपटक पहिलो पटक आयोजना भएको हो । त्यसअघि २०३१ साल देखि २०५७ सालमा सम्म आयोजना भएको थियो । विकास शिल्ड समितिका अध्यक्ष श्याम पियाले अब प्रतियोगिता हरेक वर्ष आयोजना हुने बताए ।
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]