default_image

4 years ago

June 19, 2021

फ्रान्स हंगेरीसँग हारबाट जोगियो

102 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि विश्वविजेता फ्रान्स युरोपेली च्याम्पियनसिपको समूह चरणको दोस्रो खेलमा हंगेरीसँग हारबाट जोगिएको छ ।

घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । खेल १–१ गोलको बराबरीमा टुंगिएको छ । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि काउन्टर अट्याकमा गोल खान पुगेको थियो ।

खेलको १४औं मिनेटमा हंगेरीका गोलरक्षक पिटर गुलाक्सीले दोहोरो बचाउ गर्दा फ्रान्स अग्रता लिनबाट चुक्यो । केलियन एमबाप्पेको पासमा करिम बेन्जेमाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई गोलरक्षक गुलाक्सीले फुत्काएपनि रिवाउन्डमा ग्रिजमनको प्रहार उनकै हातमा पुगेको थियो । १७औं मिनेटमा बेन्जेमाको पासमा लुकास डिग्नेले मिलाइदिएको पासमा कसैको निगरानीमा नरहेका एमबाप्पेको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

२५औं मिनेटमा हंगेरीका कप्तान तथा फरवार्ड एडाम स्जालाई चोट बोक्दै मैदानबाट बाहिरिएपछि हंगेरीलाई थप समस्यामा परेको थियो । ३१औं मिनेटमा पउल पोग्वाबाट आएको पासलाई एमबाप्पेले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै फ्लिक गर्दै दिएको पासमा बेन्जेमाले वान टचमै भलीमार्फत गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा फ्रान्सले अग्रता लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए । राफयल भरानको कमजोर क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बललाई एटिला फिओलाले गोल गर्न सफल भएका थिए । हंगेरीले फ्रान्सको पोस्टमा पहिलो आक्रमण बुन्दा पहिलो प्रयासमा गोल गर्न सफल भएको हो ।

४९औं मिनेटमा मिनेटमा पल पोग्वाको गरेको क्रसलाई गुलाक्सीले उत्कृष्ट पञ्च गर्दै बराबरी टारे । ५९औं मिनेटमा सब्सिच्युट औसमाने डेम्वेलेको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा फ्रान्स बराबरीबाट चुक्यो । ६६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

कप्तान तथा गोलरक्षक ह्युगो लोरिसको फालेको लामो पासलाई दुई डिफेन्डरबीचबाट नियन्त्रणमा लिदै पेनाल्टी बक्सभित्रबाट गरेको क्रसलाई हंगेरीका विल्ली ओर्वानले क्लियर गर्ने प्रयास गरेपनि नसकेको बललाइै ग्रिजमनले जाली चुमाएका थिए ।

८१ औं मिनेटमा हंगेरीका कप्तान गुलाक्सीले एम्बापपेको शक्तिशाली प्रहारलाई विफल पार्दै खेल बराबरीमा राखे । लगत्तै ओलिभिएर जिरुडको फितलो प्रहारमा पनि गुलाक्सीनै बाधक बने ।

यो बराबरीपछि फ्रान्सले आफ्नो अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । १२ नोभेम्वर २०२० मा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग २–० ले पराजित भएपछि फ्रान्सले ७ जित र २ बराबरीको नतिजा निकालेको छ ।

समूह ‘एफ’ मा फ्रान्सले दुई खेलबाट ४ अंक जोडेको छ । हंगेरीले दुई खेलबाट १ अंक जोेडेको छ । पोर्चुगलको ३ तथा जर्मनीले अंक जोड्न सकेको छैन । यही समूहको अर्काे खेलमा केहीवेरमा पोर्चुगल र जर्मनी खेल्दैछन् ।

यो पनि : पोर्चुगल र जर्मनी भिड्दै

January 16, 2025

बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्‍वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

Success

Thank you for your time.