default_image

4 years ago

June 19, 2021

फ्रान्सलाई हंगेरीको चुनौती

116 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा आज राति विश्व विजेता फ्रान्सले हंगेरीको सामना गर्दैछ । यि दुई टोलीबीचको खेल हंगेरीको घरेलु मैदान पुस्कास एरिना बुडापेस्टमा नेपाली समयअनुसार साँझ ६:४५ बजे हुनेछ ।

उपाधिको बलियो दावेदार फ्रान्सले समूह ‘एफ’ को यो खेलमा जित निकाल्न सके नकआउट चरणको यात्रा तय गर्नेछ । फ्रान्सले आफ्नो पहिलो खेलमा जर्मनीमाथि म्युनिखमा १–० को जित पाएको थियो । फ्रान्स हंगेरीविरुद्ध आत्मविश्वासी रहँदै दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने दाउमा हुनेछ । पहिलो खेलमा जर्मनीलाई फ्रान्सले आत्मघाती गोलको सहारा लिनुपरेपनि हंगेरीविरुद्ध फ्रान्स आफै गोल गर्दै हंगेरीको चुनौती समाप्त पार्ने लक्ष्यमा मैदान उत्रेनछ ।

टोलीसँग स्टार फरवार्ड करिम बेन्जेमा, केलियन एमबाप्पे, एन्टोइन ग्रिजमन, एड्रिएन राविओट, एङ्गोलो कान्टे, पउल पोग्वा, प्रेसनेल किमपेम्वे, राफयल भरान र ह्युगो लोरिस लगायतको खेलाडीको साथ रहेको छ । यस्तै बेन्जामिन पाभार्ड, लुकास हर्नान्डेज, औसमाने डेम्वेले, ओलिभर जिरुड र क्लेमेन्ट लेङ्लेट पनि टोलीमा रहेका छन् ।

यता, उत्कृष्ट लयमा रहेको फ्रान्सलाई स्तब्ध पार्ने घरेलु टोली हंगेरीको लक्ष्य हुनेछ । साविक विजेता पोर्चुगलविरुद्ध अन्तिम समयमा सम्हालिन नसक्दा हंगेरीले घरेलु मैदानमा ३–० को हार चाखेको थियो । हंगेरीले पोर्चुगललाई ८४औं मिनेटसम्म रोकेपनि त्यसपछि लगातार तीन गोल खाएको थियो । हंगेरी यस्तो गल्ती फ्रान्सविरुद्ध नदोहोर्याउने प्रतिवद्धतासहित मैदान उत्रनेछ ।

पोर्चुगलविरुद्धको खेलबाट हंगेरीले धेरै सकारात्मक तथ्य आत्मसात गर्न सक्नेछ । टिमका प्रशिक्षक मार्को रोसीले ‘हंगेरीले खेललाई ९० मिनेटको मान्नुपर्नेछ, ८४ मिनेट होइन ।’ भनेर भनेका छन् । टोलीसँग एडाम सज्लाई, रोलान्ड सल्लाई, एटिला फिओला, लोइस नेगो, एटिला सज्लाई, इन्ड्रे बोट्का र गोलरक्षक पिटर गुलाक्सी टोलीमा रहेका छन् ।

यि दुई टोलीको हालसम्मको २३ खेलको नतिजामा फ्रान्स १२ पल्ट विजयी भएको छ । हंगेरीले ८ खेल आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ । यि दुई टोली २००५ पछि पहिलोपटक भिड्न लागेको हो । त्यसबेला फ्रान्सले मैत्रीपुर्ण खेलमा २–१ को जित निकालेको थियो । फ्रान्स हंगेरीमाथि लगातार छैटौ जित निकाल्ने लक्ष्यमा हुँदा हंगेरी हारको श्रृंखला तोड्ने लक्ष्यमा हुनेछ । हंगेरीले १९७६ यता फ्रान्ससँग पाँच खेल खेल्दा जित निकाल्न सकेको छैन ।

January 5, 2025

एन्फा महिला लिगमा पुलिस र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]

January 5, 2025

एन्फा महिला लिग – पुलिस र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]

January 5, 2025

म्यानचेस्टर सिटीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]

Success

Thank you for your time.