default_image

4 years ago

June 18, 2021

एरिक्सन अस्पतालबाट डिस्चार्ज

141 views

0 Bookmark

एजेन्सी – खेल दौरान नै हृदयघात भएपछि अस्पताल लगिएका डेनमार्क राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएको डेनिस फुटबल महासंघले जनाएको छ ।

युरोकप २०२० अन्तर्गत गत शनिबार राति फिनल्यान्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर एरिक्सन अचेत भई अकस्मात मैदानमा ढलेका थिए । एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।

बल उनको स्थानसम्म नआउँदै एक्कासी ढल्न पुगेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको थियो । मैदान छाड्दा नै उनको होस आएपछि थप उपचारका लागि उनलाई अस्पताल लागिएको थियो । डेनमार्कका स्वास्थ्य टोलीका सदस्यका अनुसार एरिक्सनको मुटु चल्न छोडिसकेको अवस्थाबाट एइडीको प्रयोगपछि पुन: सुचारु भएको थियो ।

झन्डै डेढ घन्टापछि खेल सुरु हुँदा युरोकपमा पहिलोपटक प्रतिस्पर्धा गरिरहेको फिनल्यान्डले डेनमार्कलाई १–० ले पराजित गरेको थियो । घटनापछि आयोजक युईएफएले मेडिकल इमरजेन्सीको कारण देखाउँदै खेल स्थगित पनि गरेको थियो । तर, दुवै टिमको छलफलपछि खेल झन्डै डेढ घन्टापछि सुरु भएको थियो ।

अस्पताल लगेको केहिबेरमा नै उनले आफ्ना सहकर्मीसँग भिडियो कल गर्दै आफू ठिक रहेको बताएका थिए । डेनिस फुटबल महासंघले पनि उनको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी दिँदै आएको थियो । बुधबार मात्र एरिक्सनको शरीरमा आइसीडी (इम्प्लान्टेबल कार्डियोभर्टर डेफीब्रिलेटर) जडान गरिने जानकारी दिइएको थियो ।

एरिक्सनलाई सफल शल्यक्रियापछि शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनले त्यसपछि राष्ट्रिय टोलीको क्याम्पमा पुगेर आफ्ना सहकर्मी भेटेका थिए । अब उनी घर गएर आफ्नो परिवारसँग समय बिताउनेछन् ।

एरिक्सनले महासंघमार्फत नै आफ्नो धन्यवाद संदेश दिएका छन् । ‘मेरो लागि प्रार्थना गर्नुहुने सबैलाई धन्यवाद । मेरो शल्यक्रिया सफल भयो र यस स्थितिमा म राम्रो छु । फेरी टोलीसँग भेट्न पाउँदा म खुसी छु । म सोमबार पनि रसियाविरुद्ध खेलमा टोलीको हौसला बढाइरहेको हुनेछु,’ उनले भने ।

आइसीडीको प्रयोगले मुटुको धड्कनमा समस्या आउँदा सहयोग पुर्याउँछ । यसले मुटुको धड्कन रोकिएको खण्डमा एइडी जस्तै विद्युतीय झट्का दिन्छ जसले मुटुको चाल पुन: सुरु हुन्छ । अस्पतालको सल्लाह अनुसार नै एरिक्सनले यो प्रयोग गर्न सहमति जनाएका थिए ।

एरिक्सनअघि नेदरल्यान्ड्सका डिफेन्डर डेली ब्लिन्डले पनि यो प्रयोग गर्दै आएका छन् । ब्लिन्डले युरोको दुवै खेल सुरुवाती रोजाइमा खेलेका छन् । स्पेनिस गोलरक्षक इकार कासिलासले पनि यो उपकरण जडान गरेका छन् । तर उनले खेल जीवनबाट भने संन्यास लिइसकेका छन् ।

यो पनि : एरिक्सन घटना र नेपालमा एन्फाको पूर्व तयारी

January 7, 2025

प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]

January 7, 2025

वल्भ्समाथि नटिङघमको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि नटिङघम फरेस्टले सहज जित हासिल गरेको छ । नटिङघमले सोमवार वल्भ्सलाई ३-० ले पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा भएको खेलमा नटिङघमको जितमा मोर्गन ह्वाइट, क्रिस वुड र ताइवो अवोनियीले गोल गरे । खेलको सातौं मिनेटमा गोल गर्दै मोर्गनले पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए । नटिङघमका लागि वुडले […]

January 7, 2025

रियलको सानदार जित

एजेन्सी – स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले अन्तिम ३२ को खेलमा सानदार जित हासिल गरेको छ । रियलले अन्तिम १६ मा स्थान बनाएको छ । रियलले सोमवार डिर्पोटिभा मिनेरालाई ५-० ले पराजित गरेको हो । मिनेराको घरेलु मैदानमा रियललाई जित दिलाउँन आर्दा गुलेरले २, फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान गोल गरे […]

Success

Thank you for your time.