4 years ago
June 13, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह सी को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दोस्रो हाफमा वैकल्पिक खेलाडीद्वय माइकल ग्रेगोरीच र मारको अर्नाउटोभिचले गोल गरेपछि अष्ट्रियाले ३-१ को जित दर्ता गरेको हो ।
खेलको १८ औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । उनले मार्सल साबिट्जरको क्रसलाई फार पोस्टबाट गोल गर्न सफल रहेका थिए । त्यसको १० मिनेटपछि नै म्यासेडोनियाले बराबरी गोल फर्कायो । कप्तान गोरान पान्डेभले पेनाल्टी क्षेत्र भित्र गोलरक्षकले बचाउन नसकेको बललाई सहजै गोलमा परिणत गरेका थिए ।
दोस्रो हाफको ७८ औं मिनेटमा ग्रेगोरीचको गोलमा अष्ट्रिया पुन: अग्रता लिन सफल भयो । दायाँ विंगबाट कप्तान डेविड अलाबाले गरेको उत्कृष्ट क्रसलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरेका थिए । ८९ औं मिनेटमा अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियाको जित पक्का गरे । कोन्राड लाइमरले फ्लिक गर्दै डिफेन्सलाई बिट गरेपछि प्राप्त पासलाई अर्नाउटोभिचले गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल रहेका थिए ।
अष्ट्रियाले युरोपेली च्याम्पियनसिपको इतिहासमा पहिलो जित दर्ता गर्न सफल रहयो । तेस्रो पटक युरो खेलिरहेको अष्ट्रियाले डेब्यु गरिरहेको म्यासेडोनियालाई हराउनुअघि २ जित र ४ हारको नतिजा बेहोरेको थियो । यस जितसँगै अष्ट्रियाले समूह सी मा ३ अंक जोडेको छ । समूहको अर्को खेलमा आज नै नेदरल्याण्डले युक्रेनसँग खेल्दैछ ।
त्यसअघि उपाधिको बलियो दावेदार मानिएको इंग्ल्यान्डले युरोपेली च्याम्पियसिपमा विजयी सुरुवात गरेको थियो । घरेलु मैदान वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले पराजित गर्दै प्रतियोगितामा जित सहित सुरुवात गरेको हो ।
युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्यान्ड उक्त खराब रेकर्डमा पूर्णविराम लगाउन सफल रहयो । खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेको इंग्ल्यान्डले खेलको छैटौ मिनेटमा अग्रता लिनबाट चुकेको थियो । फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
नवौं मिनेटमा काल्भिन फिलिप्सको भली प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले मुस्किलले नियन्त्रणमा लिए । पहिलो हाफमा क्रोएसियाले कुनै पनि गतिलो पोस्ट आक्रमण बुन्न सकेन । घरेलु टोलीले दोस्रो हाफमा पनि क्रोएसियालाई दवावमा राख्दा ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।
लिड्सका मिडफिल्डर काल्भिन फिलिप्सले दुई खेलाडीलाई बिट गर्दै दिएको चलाखीपुर्ण पासमा रहिम स्टर्लिङले गोल गरेका थिए । क्रोएसियन डिफेन्डरले उक्त प्रहार ब्लक गर्ने प्रयास गरेपनि वान टचमै गरेको प्रहार गोलरक्षक डोमिनिक लिभाकोभिकको हातमा लाग्दै गोल हुन पुगेको थियो । स्टर्लिङको पछिल्लो १७ खेलमा यो १३औं गोल हो । उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।
६०औं मिनेटमा मासन माउन्टको क्रसमा कप्तान ह्यारी केनले सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अग्रता दोब्बर पार्नबाट चुक्यो । ६५औं मिनेटमा माटियो कोभासिसको पेनाल्टी बक्स बाहिरको प्रहार रिवाउन्ड हुदा एन्टी रेविचको प्रहार बाहिरिदा क्रोएसिया बराबरीबाट चुक्यो । ६७औं मिनेटमा मासन माउन्टको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा इंग्ल्यान्डले अग्रता दोब्बर पार्न सकेन ।
यो जितपछि समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । यो समूहको चेक रिपब्लिक र स्कटल्यान्डबीको खेल सोमबार राति हुनेछ ।
यो पनि : युरोमा बेलिंग्हमको कीर्तिमान
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]