4 years ago
June 13, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिपको तेस्रो दिन आज (आइतबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदा नेदरल्यान्ड्स सन् २०१४ पछि पहिलोपटक ठुलो प्रतियोगितामा फर्कदैछ ।
समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले घरेलु मैदान योहान क्रुएफ एरिना आम्स्टरडममा युक्रेनको आतिथ्यता गर्नेछ । खेल राति १२:४५ बजे हुनेछ । सन् २०१६ को युरो र २०१८ को विश्वकपमा छनोट हुन असफल रहेको नेदरल्यान्ड्स फेरि एकपल्ट ठूलो प्रतियोगितामा फर्किएको छ । टोलीका लागि युरो २०२० आफ्नो प्रतिष्ठा कायम राख्ने प्रतियोगिता हुनेछ ।
ब्राजिल विश्वकपपछि टोली ठुला प्रतियोगितामा फर्कदा टोलीसँग सेन्टर ब्याकका स्टार खेलाडी भर्जिल भान डाइकको उपस्थिति रहनेछैन । उनी घुँडाको चोटमुक्त हुनेक्रममा छन् । तर नेदरल्यान्ड्स टिममा प्रतिभाशाली खेलाडीको कुनै कमी हुनेछैन ।
निकै लयमा रहेका मेम्फस डिपाए, वोआउट वेगह्रस्ट, ओवेन विज्डल, जर्जिन्हो वाइनाल्डम, मार्टिन डि रुन, फ्रान्की डि योङ, डेन्जेल डुमफ्राइज, दाले ब्लिन्ड, स्टेफन डि भर्ज, म्याथिज डे लेग्ट र मार्टिन स्टेकेलेनवर्गको साथ रहेको छ । यसबाहेक टोलीसँग जोएल भल्टम्यान, नाथन एके, क्पिन्सी प्रोमेस र डाभी क्लासेन पनि रहेको छ ।
यता, लगातार तेस्रोपटक युरो खेलरिहेको युक्रेन बलियो डच टोलीलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । सन् २०१६ को संस्करणमा युक्रेन कुनै गोल गर्न असफल रहेको युक्रेनले यसपल्ट राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ । यसको कारण हो । छनोट चरणमा टोलीको दमदार प्रदर्शन । तर, टोली पछिल्लो ६ खेलमा अपराजित रहेपनि मात्रै दुई जित छ । ६ मध्ये पछिल्लो दुई जितले टोलीले युरोकपको लागि तयार रहेको संकेत दिएको छ ।
टोलीसँग युरोपियन फुटमा प्रभाव जमाएका खेलाडीहरुको साथ रहेको छ । रोमन यारेमचुक, एन्ड्रिया यार्माेलेन्को, ओलेक्सान्डर जुकोभ, रुस्लान मालिनोभ्स्की, ओलेक्सान्डर जिनचेन्को, भिटाली माइकोलेन्को, माइकोला माट्भियान्को र जर्ज बुस्चान रहेका छन् । यि दुई टोली २०१० पछि पहिलोपटक भिड्न लागेको हो । त्यतिबेलाको मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]