4 years ago
June 12, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को दोस्रो दिन आज (शनिबार) समूह चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुदा उपाधि दावेदार बेल्जियमले रसियासँग प्रतिस्पर्धा गर्देछ । खेल रसियाको घरेलु मैदान सेन्ट पिटर्सवर्गमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।
उपाधिको दावेदार टोलीको रुपमा हेरिएको बेल्जियम रसियालाई हराउँदै उपाधि यात्रामा अघि बढ्न चहान्छ । विश्व वरियतामा शीर्षमा रहेको बेल्जियमले छनोट चरणका सबै १० खेल जितेको थियो । बेल्जियम २०१६ को युरोकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।
१९८० को उपविजेता बेल्जियमसँग स्वर्णिम पुस्ता मानिने केभिन डि ब्रुएन, युरी टिलेमान्स, इडेन हाजार्ड, रोमेलु लुकाकु, थिवाउट कोर्टुवाजस्ता स्टार खेलाडीहरुको साथ रहेको छ । मा उपविजेता भएको थियो ।
टोलीसँग थिवाउट कोर्टुवा, सिमोन मिग्नोलेट, मेट्स सेल्ज, टोबी एल्डरवेरेल्ड, डेडरिक बोयाटा, जेसन डिनेयर, थोमस वर्माइलन, यान वर्टोन्घन, टिमोथी कास्टाग्ने नासेर चाड्ली, यान्निक करास्को, केभिन डि ब्रुएन, लिएन्डर डेन्डोनकर, थोर्गन हाजार्ड, थोमस मुनिएर, डेनिस प्राएट, युरी टिलेमान्स, हेन्स वानाकन, एक्सेल विट्सल, मिचे बात्सुयाई, क्रिस्टियन बेन्टेके, जेरेमी डोकु, इडेन हाजार्ड, रोमेलु लुकाकु, ड्रिएस मेर्टिन्स र लियान्द्रो ट्रोसार्ड पनि टोलीमा रहेका छन् ।
यता, रसिया पनि बेल्जियममाथि स्तब्धपुर्ण नजिता निकाल्ने लक्ष्यमा हुनेछ । टोलीसँग अर्टिम ज्युवा, एलेक्सान्दर गोलोभिन र एलेक्सी मिरानचुक जस्ता खेलाडीको साथ रहेको छ । रुसले २००८ मा अविश्वनिय प्रदर्शन गर्दा सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । रसिया सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो । स्पेनले नै उपाधि जितेको थियो ।
यि दुई टोलीको पाँच भेटमा बेल्जियम चार खेलमा विजयी हुदा एक खेल बराबीमा सकिएको छ । रसियाले २०१७ मा भएको मैत्रीपुर्ण खेलमा बेल्जियमलाई ३–३ गोलको बराबरीमा रोकेको थियो ।
यो पनि : वेल्स र स्वीट्जरल्यान्ड भिड्दै
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]