4 years ago
June 10, 2021
एजेन्सी – भेट्रान तथा अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपको लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सिबिएफ) ले ब्राजिलको टोली घोषणा गरेको छ ।
सिबिएफ र टोलीका मुख्य प्रशिक्षक टिटेले भेट्रान सेन्टरब्याक थियागो सिल्भालाई समेट्दै २४ सदस्यीय टोली घोषणा गरेका हुन् । इंग्लिस क्लब चेल्सीलाई च्याम्पियन्स लिग जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका ३६ वर्षीय सिल्भाले चोटका कारण इक्वेडर र पाराग्वेविरुद्ध जित हात पारेको विश्वकप छनोटको खेल गुमाएका थिए ।
२९ मेमा भएको च्याम्पियन्स लिगको फाइनलमा उनलाई चोट लागेको थियो । प्रशिक्षक टिटेको उनको चोटको अवस्थालाई मध्यनजर गर्दै अन्तिम समयमा टोलीमा समेटेका हुन्।
टिटेको टोलीमा बार्सिलोनाका राइट ब्याक इमर्सन, एट्लेटिको म्याड्रिडका सेन्टरब्याक फिलिपेलाई टोलीमा समेट्दा साओपाउलोका भेट्रान डिफेन्डर ड्यानी आल्भेस र बेन्फिकाका डिफेन्डर लुकास भेरिससिमोले चोटका कारण टोलीमा स्थान बनाउन सकेनन् । टिटेको टोलीमा क्लब फुटबलमा प्रभाव जमाइरहेका नेयमार, एसिलन बेकर र क्यासमिरोले स्वभाविक रुपमा टोलीमा स्थान बनाएका छन् ।
कोलम्बिया र अर्जेन्टिनामा कोपा अमेरिका नहुने भएपछि अन्तिम समयमा कोन्मेबलले ब्राजिललाई प्रतियोगिता आयोजनाको जिम्मेवारी सुम्पेको थियो । ब्राजिलको टोलीले पनि कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा कोपा आयोजना गर्न नहुने भन्दै असन्तुष्टी जनाएपनि अन्तिम समयमा खेल्ने निर्णय गरेको छ । कोपा अमेरिका कप १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुनेछ । ब्राजिलले १३ जुनमा भेनेजुएलासँग खेल्दै कोपा अमेरिका कपको सुरुवात गर्नेछ ।
ब्राजिलको पुर्ण टोली
गोलरक्षक – एलिसन बेकर (लिभरपुल), इडर्सन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मेइरस)
डिफेन्डर – एलेक्स सान्द्रो (युभेन्ट्स), डानिलो (युभेन्ट्स), इमर्सन रोयल (बार्सिलोना), रेनान लोडी (एट्लेटिको म्याड्रिड), इडर मिलिसाओ (रियल म्याड्रिड), फिलिपे (एट्लेटिको म्याड्रिड), मार्किन्हस (पीएसजी), थियागो सिल्भा (चेल्सी)
मिडफिल्डर – क्यासमिरो (रियल म्याड्रिड), डगलस लुइज (एस्टन भिल्ला), एभर्टन रिबेरो (फ्लामेङ्गोे), फाविन्हो (लिभरपुल), फ्रेड (म्यानचेस्टर युनाइटेड), लुकास पाक्वेटा (लियोन)
फरवार्ड – एभर्टन (बेन्फिका), गाव्रियल बार्बोसा (फ्लामेङ्गोे), गाब्रियल जेजस (म्यानचेस्टर सिटी), नेयमार (पीएसजी), रिचार्लीसन (एभर्टन), रोबर्टो फिर्मिनो (लिभरपुल), भिनिसियस जुनियर (रियल म्याड्रिड)
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]
February 8, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लब यसपटक पनि सेमिफाइनलमा प्रवेश गरेको छ। आहा राराको जारी २४ औं संस्करणको पहिलो क्वाटरफाइनलमा शनिवार ब्रिगेड ब्वाइज एफसीलाई २-० ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो।पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे। विवेकले २८ औं […]