4 years ago
June 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्स देशकै पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको महिना दिन पुग्न लागेको छ । दशरथ रंगशालामा जेठ १ गते भएको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं पहिलो संस्करणको च्याम्पियन बनेको थियो ।
यसरी भएको थियो काठमाडौं रेजर्स स्थापना
व्यवसायिक फुटबलको विकासका लागि एनएसएलले थालेको प्रयासमा मोरङ अटो वर्क्स (एमएडब्लु) लाई समेटियो । एनएसएलले दुई तरिकामा मोरङ अटो वर्कसलाई आवद्धताको लागि प्रस्ताव गरेको थियो । मुख्य प्रायोजक वा सहभागी मध्य एक टोलीको मालिकको रूपमा । त्यसमा संस्थाले फ्रेन्चाइज टोलीकै मालिक हुने र त्यसले समर्थकसँग जोडिनका लागि बलियो माध्यम बन्ने विश्वास राख्यो ।
फुटबलका समर्थकसँग जोडिने र फुटबलको विकासमा सहयोगी भूमिका हुन सक्छ भन्ने उद्देश्यका साथ काठमाडौं रेजर्सको स्थापना भएको थियो । २५ वर्षदेखि काठमाडौंबाट व्यवसाय सञ्चालन गरेकै कारणले पनि मोरङ अटो वर्कसले काठमाडौंलाई नै आधार मानेर काठमाडौं रेजर्सको स्थापना भयो ।
क्लबको लोगो र पहिचान
काठमाडौं सांस्कृतिक शहर हो । संस्कृतिमा यो शहरको मूल्यहरु अपार छ । फुटबल काठमाडौंको लागि खेल भन्दा पनि ठूलो विषय हो । काठमाडौंको यो अर्को संस्कृति हो भन्दा फरक पर्दैन । सहिद स्मारक ’ए’ डिभिजन क्लबका धेरै क्लब काठमाडौंमै आधारित छन् । काठमाडौं रेजर्सले पूरै काठमाडौं एउटा टोली र क्लबका रुपमा प्रतिनिधित्व गरोस् भन्ने उद्देश्यले पनि यो नाम राखिएको हो ।
क्लब ब्याजमा रहेको चिलले काठमाडौं उपत्यकाको आकाशमा खुल्ला रुपले उड्छ । सिकारी चरा कोहिसँग डराउँदैन । हरेक कुराको प्राप्ती को लागि व्यापक दर्शन गर्छ । काठमाडौं पनि फुटबल मैदानमा कसैसँग डराउने छैन । त्यसैले लोगोमा मिश्रित रंग नेपालको , निलो, रातो र सेतो रंग प्रयोग गरिएको छ ।
नामको व्याख्या
प्रदर्शनमा जसरी रेजर तीखो छ, त्यस्तै यामाहाको ‘रेजेडआर १२५ एफआई’पनि उत्तिकै अब्बल छ । प्रदर्शन र पहिचान मेल खाने हुनाले क्लबको ’काठमाडौं रेजर्स’ को नाम जुरेको थियो ।
एमएडब्यूको फुटबल सँगको सम्बन्ध
एमएडब्ल्यूको खेलमार्फत युवाको विकास चाहना राख्छ । एमएडब्लू खेलमा लगानी गर्न अवसर खोज्दै थियो । एमएडब्ल्यूले, विशेष गरी यामाहा मार्फत विगतमा पनि नेपाली फुटबलको विकासमा लगानी गरिरहेको छ । एमएडब्ल्यूको फुटबलको अभिभावक संस्था (अखिल नेपाल फुटबल संघ ) एन्फासँग एक समझदारी छ । जसले खेलाडीलाई उच्च प्रदर्शनलाई प्रेरित गर्दछ ।
यामाहा नेपालले लिग तथा एन्फा द्वारा मान्यता प्राप्त अन्य प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्दै आएको छ । यामाहा नेपालले ‘ए’ डिभिजन लिगका लागि एन्फासँग साझेदारी गर्दै आएको छ । जहाँ लिगका सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यामाहा द्वारा पुरस्कृत हुँदै आएका छन् । यसको उद्देश्य लिगमा सर्वश्रेष्ठ खेलाडीको पहिचान गर्नु र उनीहरुलाई थप उच्च प्रदर्शनका लागि प्रेरित गर्नु हो ।
व्यवस्थापन
एन्फा लिग समितिका संयोजक विज्ञानराज शर्माको नेतृत्वमा काठमाडौं रेजर्सले व्यवस्थापन टोली निर्माण गरेको थियो । नेपाल प्रहरीका पूर्व एआईजी समेत रहेका शर्मा नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । उनकै नेतृत्वमा फुटबल टोली र व्यवस्थापनको रुपरेखा तयार भएको थियो । त्यसैले काठमाडौं रेजर्सलाई सफलताको आधार तयार भएको थियो ।
एन्फाका केन्द्रिय सदस्य समेत रहेका राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायलाई रेजर्सले आफ्नो प्रबन्धकमा नियुक्त गरिएको थियो । टोलीमा उहाँको व्यवस्थापन चुस्त रहेको थियो । उहाँकै नेतृत्वमा खेलाडीको फिटनेस स्तर, यात्रा, आवास, आहार, प्रदर्शन र प्रोत्साहनमा विशेष ध्यान दिइएको थियो ।
महर्जन मुख्य प्रशिक्षकमा नियुक्त
बालगोपाल महर्जनले खेलाडी र प्रशिक्षक रुपमा पटक पटक सफलता प्राप्त गरिसकेका छन् । रेजर्स पहिलो सहभागितालाई नै यादगार गराउन चाहन्थ्यो । त्यसका लागि टोलीको प्रशिक्षक नै महत्त्वपूर्ण हुन्थ्यो । त्यसले राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा जिम्मेवारी निर्वाह गर्दा नै रेजर्सले उनलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।
मोरङ अटो वर्क्सका सिइओ चिरञ्जीवी साह मार्फत जोडिएपश्चात् काठमाडौं रेजर्सका एक्जुकेटिभ चेयरम्यान विज्ञानराज शर्माको अनुरोध र आफू पनि काठमाडौंकै स्थायी बसिन्दा हुनुले पनि रेजर्सको प्रस्तावलाई स्वीकार गरेको महर्जन बताउँछन् । गोलकिपर विकेश कुथु टोलीका मार्की खेलाडी थिए । अक्सनबाट सकेसम्म सन्तुलित टोली निर्माण गर्ने योजना पनि सफल भएको महर्जन स्मरण गर्छन् । महर्जन सुरुमा प्ले अफ र त्यसपछि फाइनल पुर्याउने लक्ष्यका साथ अघि बढेको बताउँछन् ।
एनएसएलको तयारी अघि मोफसलमा विभिन्न नकआउट प्रतियोगिता आयोजना भइरहेका थिए । त्यसले अन्य टोलीमा जस्तै रेजर्सलाई पनि तयारीमा असर गरेको थियो । त्यसका वावजुद पनि रेजर्सले महर्जनको प्रशिक्षणमा छोटो समयमा तयारी गर्न सफल भएको थियो ।
रेजर्सले उच्च प्रदर्शनको आशा राखेका त्रिदेव गुरुङ घाइते हुँदा टोलीमा केहि असर पर्यो ।
चैतमा दशरथ रंगशालामै भएको थ्री नेसन्स कपका दौरान त्रिदेव घाइते भएका थिए । उनको ठाँउमा रेजर्सले ए श्रेणीका अर्का खेलाडी छिरिङ गुरुङ लाई लिएको थियो । युवा समूहमा राम्रो प्रदर्शन गरिसकेका छिरिङले एनएसएलमा पनि उच्च प्रदर्शन गर्न सफल भए ।
विदेशी खेलाडीको हकमा यस काठमाडौं रेजर्स मा आवद्ध ३ जना कै प्रदर्शन उच्च रह्यो । टोलीको सफलतामा एउटा मुख्य कारण विदेशी खेलाडी नै रहे । उनीहरु टोलीसँग घुलमिल हुनु र अनुशासित रहेकाले पनि त्यसले टोलीलाई फाइदा पुगेको महर्जनको बुझाई छ ।
शर्मा
एन्फामा नयाँ कार्यसमिति आएसँगै शर्मालाई लिग समितिको संयोजकको जिम्मेवारी दिएको थियो । शर्माको नेतृत्वमा अन्य सदस्य रहेको समितिको अगुवाईमा ए, बी, सी डिभिजन लिग आयोजना भए । कोरोनाको कारण पछिल्लो दुई वर्षदेखि भने लिग हुन सकेको
छैन । एनएसएलमा आफू आबद्ध हुने कुनै योजना नरहेको अवस्थामा एमएडब्लूका प्रमुख प्रबन्ध निर्देशक बिष्णु कुमार अग्रवालसँगको भेटमा जिम्मेवारी सम्हाल्न आग्रह गरेपछि काठमाडौं रेजर्समा आबद्ध भएको शर्माले बताए । एन्फाको लिग समितिको निर्देशक रहेर जिम्मेवारी निर्वाह गरिरहेका सञ्जिव मिश्रलाई रेजर्सको उपाध्यक्षका रुपमा ल्याउने आफ्नो योजना रहेको पनि शर्माले बताए ।
‘एन्फामा आवद्ध रहेकोले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन सक्छ भन्ने अशंका हामी माथि गरिएको थियो । हामी त्यसमा सचेत थियौं,’ उनले भने, ‘कर्मा छिरिङ शेर्पा एन्फा अध्यक्ष निर्वाचित भैसकेपछि हामीलाई जुन जिम्मेवारी दिइयो त्यसमा हामी सफल भएका छौं । दिएको जिम्मेवारी पूरा गर्नेमा हामी दृढ थियौं । एन्फाको आबद्धताले एनएसएलमा फरक पर्दैन भन्ने भने हामीले प्रमाणित गर्नु थियो ।’
रेजर्समा आबद्ध भइसकेपछि पहिलो राम्रो प्रशिक्षक विना सफलता पाउन सकिन्न भन्नेमा आफू प्रष्ट रहेको उल्लेख गर्दै शर्माले भने, ‘त्यसैले हामीले बालगोपाल महर्जनलाई प्रशिक्षक, उपाध्यायलाई व्यवस्थापक र राजेश मानन्धरलाई सहायक प्रशिक्षकका रुपमा लियौं । त्यस्तै टोलीलाई आवश्यक अन्य जनशक्ति पनि आबद्ध गरायौं ।’
फुटबल टोलीदेखि त्यसलाई उच्च प्रदर्शन गराउन सक्ने अर्को टोली तयार पारेकै कारण सफलता प्राप्त गर्नसकेको शर्माको विश्वास छ । फुटबललाई व्यवासायिक रुपमा अघि बढाउन आवश्यक रहेको औल्याउँदै शर्माले आउने दिनमा फुटबल खेलाडीले राम्रो आम्दानी गर्ने अवस्था बन्ने सक्ने आशा व्यक्त गरे । व्यवसायिक फुटबल अघि बढ्दा यसमा आबद्ध प्रशिक्षक, रेफ्री, अफिसियललगायत अन्य सयौले रोजगारी पाउने अवस्था तयार हुनेमा शर्मा विश्वस्त छन् ।
श्रीलंकामा व्यवसायिक फुटबल खेलिरहेको खेलाडीलाई ल्याउने अन्तिम तयारी पूरा भइसक्दा कोभिडको मापदण्डका कारण उनीहरुलाई ल्याउन नसक्दा दबाबमा परेको स्मरण गर्दै शर्माले भने, ‘हामीले मोसफलका प्रतियोगितामा सहभागी भइरहेको विदेशी खेलाडीबाटै छान्ने निष्कर्षमा पुग्यौं । त्यहिबाट स्टेफन , फ्लोरेन्ट र मेसुकीलाई लियौं । कम समयमा पनि हाम्रा स्वदेश र विदेशी खेलाडीमा राम्रो तालमेल रह्यो । सफलताको आधार नै त्यहि थियो ।’
आउने सिजनहरुमा अझै राम्रा खेलाडी आउन सक्ने आशा शर्माले गरेका छन् । उनले आफ्नो पूरा टोलीको मेहनत शब्दमा मात्र गर्न नसकिने शर्मा बताउँछन् । हरेकले दिएको आ आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरेकै कारण सफलता प्राप्त गर्न सफल भएको शर्मा विश्वास गर्छन् ।
रेजर्सले भविष्यमा फुटबललाई थप व्यवसायिक बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने, टोलीको फ्यान बेस तयार पार्ने, देश भित्र र विदेशमा पनि रेजर्सलाई परिचित गराउने अघि बढाउने योजना रहेको शर्माले बताए । अहिले समाजिक सञ्जालमार्फत समर्थकहरुसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै शर्माले भविष्यमा ट्यालेन्ट हन्टबाट खेलाडी खोजिने जनाए ।
मालिक अग्रवालको फुटबलप्रति आकर्षण
‘मोरङ अटो वर्कसले फुटबल काठमाडौंको संस्कृति हो भनेर बुझ्छौं । हरेक परिवारमा युरोपियन फुटबल र विश्व कप फुटबलको प्रभाव छ । काठमाडौं भित्र फुटबल प्रति लगाव छ । त्यसैले काठमाडौं रेजर्सलाई काठमाडौंको प्रतिनिधित्व गर्दै ती फुटबल फ्यानहरु लाई खुसी दिन र पहिलो ऐतिहासिक कप जित्न एउटा दबाब नै थियो,’ टोलीका मालिक विष्णु कुमार अग्रवालले भने ।
एनएसएलमार्फत काठमाडौं र देशभरका समर्थकको भावना बुझ्ने अवसर मिलेको उल्लेख गर्दै अग्रवाल भन्छन्, ‘काठमाडौंमा थुप्रै ए डिभिजन क्लब छन् । तर एनएसएलमा हामीमार्फत छौं । यसले सिंगै काठमाडौंलाई प्रतिनिधित्व गर्छ भन्ने विश्वा छ । एनएसएल जितेर त्यसको आधार पनि तयार गरेका छौं ।’
अग्रवाल भन्छन्, ‘खेलप्रति युवाहरुको आकर्षण हुन्छ । त्यस्तै यामाहा टु व्हिलर युवामाझ लोकप्रिय बाइक हो । यो प्रदर्शन र स्टायलको कारण धेरै परिचित छ । यामाहाका बाइक यसरी प्रस्तुत गरिएको छ जसरी काठमाडौंलाइ फुटबलको रुपमा चित्रित गरिएको छ । यामाहा टु व्हिलर सधै युवामाझ जोडिन चाहन्छ । हाम्रा सबै उत्पादनहरू युवा वर्ग लाई लक्षित गर्दै बनेका छन्, रेजेड आर १२५ एफआई त्यसैको एक उदाहरण हो ।’
‘हाम्रो उत्पादन र खेलको समानता अवलोकन गर्दै हामीले फुटबल खेलसँग सम्बन्ध राख्ने अवसर पाएका थियौं । अब हामी यस संस्थालाई दिगो बनाउन अझै धेरै प्रयास गरिरहने छौं । किनकी फुटबलले अनुशासन, कडा परिश्रम र लगनको साथ एक युवा विकासमा निर्णायक भूमिका खेल्छ भन्ने विश्वास छ,’अग्रवालले थपे ।
काठमाडौं रेजर्सको भावी योजना
आउने दिनमा काठमाडौं रेजर्स फुटबलका माध्यमबाट समुदाय पुग्ने लक्ष्य राखेको छ । फुटबलको विकासका लागि काठमाडौं रेजर्सलाई क्लब भन्दा बढी फुटबल विकास गर्ने संस्थाको पहिचान दिने प्रयास गर्ने जनाएको छ । प्रशंसकहरूको लागि काठमाडौं रेजर्स लाई एक विशिष्ट फुटबल क्लबको पहिचान टोलीको लक्ष्य रहेको छ । फुटबलमा व्यावसायिकता बढाउन आवश्यक योगदान र सहकार्य गर्न रेजर्सले आफूलाई तयार रहेको बताएको छ ।
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको प्ले अफमा पुगिसकेका दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले आज एकअर्काको सामना गर्नेछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ। लिगको अन्तिम चरणमा शीर्षस्थानमा रहेको एपिएफ फुटबल क्लबसँग अंक दूरी कम गर्नका लागि विभागीय डर्बीमा आर्मी र पुलिसले हरसम्भव जित […]
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]