default_image

3 years ago

June 9, 2021

फ्रान्सको जितमा बेन्जेमा घाइते

52 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका स्टार फरवार्ड करीम बेन्जेमा फ्रान्सेली राष्ट्रिय टोलीले मंगलबार बुल्गेरियालाई मैत्रीपूर्ण खेलमा पराजित गर्दा घाइते हुन पुगेका छन् ।

खेलको पहिलो हाफमा नै चोट बोकेपछि उनको स्थान ओलिभिएर जिरुडले लिएका थिए । बेन्जेमा घुँडामा चोट बोकेपछि ४० मिनेटमा नै मैदान छोड्न बाध्य भएका थिए । गोल प्रहार गर्ने प्रयासमा इभान तुरीस्तोभसँग जुधेपछि उनी लडेका थिए । उनको दायाँ घुँडामा समस्या देखिएको छ ।

प्रशिक्षक डीडीएर देस्च्याम्प्सले चोटबारे अहिले नै विस्तृत भन्न नसकिने बताए । ‘खासै गम्भीर चोट देखिदैन । उनको घुँडामाथिको मांसपेशीमा ठक्कर लागेको हो । चोट अझै बल्झेला भनेर हामीले कुनै जोखिम लिएनौं । स्वास्थ्य टोली उनको साथमा छ, विस्तृत रुपमा भोली थाहा होला,’ उनले भने ।

बेन्जेमा झन्डै ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । राष्ट्रिय टोलीमा नरहेपनि रियल म्याड्रिडबाट निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी युरोका लागि टोलीमा परेका थिए । अघिल्लो सातावेल्सविरुद्ध खेल्दै टोलीमा फर्केका उनले बुल्गेरियाविरुद्ध सुरुवाती ११ मा खेल्दै राम्रो प्रभाव जमाएका थिए ।

मैदानबाट निस्किनुअघि उनको र एमबाप्पेको राम्रो तालमेल मिलेको थियो । बेन्जेमाको स्थानमा आएका जिरुडले दुई गोल गर्दा फ्रान्स ३-० ले विजयी भएको थियो ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.