9 years ago
October 28, 2016
चितवन (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा विकास सिल्ड रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहिद स्मारक ए डिभिजन लिग डर्बीमा घरेलु फुटबलको चर्चित क्लबमध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार २–१ ले हराउँदै संकटा फाइनल पुगको हो ।
संकटाले आइतबार हुने फाइनलमा अर्को ए डिभिजन टोलीले विभागिय टोली नेपाल आर्मीको सामना गर्नेछ । आर्मी मोरङ फुटबल क्लबलाई हराउँदै बुधबार नै फाइनल पुगिसकेको छ । इन्जुरी समयमा असिमजंग कार्कीको गरेको गोल निर्णायक बनेपछि संकटा अघि बढेको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीले खेल बराबरीमै टुंगिने र खेल थप समयमा जाने अनुमान थियो । तर, असिमको गोलले सबैको अनुमानलाई गलत साबित गरिदियो ।
इन्जुरी समयको दोस्रो मिनेटमा पेनाल्टी बक्स नजिक पाएको फ्रिकिकमा अमिसले गोल गरेका थिए । असिम नै खेलको म्यान अफ दी म्याच घोषित भएर १० हजार रुपैयाँ प्राप्त गरे । त्यसअघि ३१ औं मिनेटमा नीराजन खड्काको गोलमा संकटाले अग्रता लिएको थियो । नीराजनको प्रहारमा मनाङका गोलकिपर दीनेश यादवले सही अनुमान गर्न नसकेपछि टोली खेलमा पछि परेको थियो । १–० ले पछि परेको मनाङ आक्रमक रुपमा प्रस्तत भयो, तर टोलीलाई तत्काल सफलता भने मिलेन ।
खेल सकिन १२ मिनेट बाँकी रहँदा अफिज ओलावालेले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको कर्नरमा आएको बललाई ओलावालेले पोस्टको दिशा दिएका थिए । आइतबार हुने फाइनलको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । कात्तिक १ गतेदेखि सुरु भएको प्रतियोगितमा तीन भारतीयसहित १५ टोलीको सहभागिता थियो ।
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]