default_image

8 years ago

October 27, 2016

प्रथम घुर्बिसे पञ्चमी गोल्डकपमा न्युस्टार ठिंगेपुर र पौवा भञ्जाङ भिड्ने

67 views

0 Bookmark

दिपक बोहोरा (पाँचथर)

पाँचथरको फाक्तेप गा.बि.समा नवनिर्मित फुटबल मैदानको उद्घाटनको अवसर पारे कार्तीक २ गते बाट सञ्चालन भइरहेको प्रथम घुर्विसे पञ्चमि गोल्ड कपको सेमीफाइलनका खेलहरु सकिएका छन ।

नाम्तोक युबा क्लब फाक्तेपको आयोजनामा भइरहेको प्रथम घुर्बिसे पञ्चमी गोल्डकप अन्र्तगत बिहिबार सेमिफाइनलका खेलहरु सकिएका हुन ।

आज भएको प्रथम सेमिफाइनलमा न्यु स्टार फुटबल क्लब ठिंगेपुर इलाम बिजय भएको छ । आज भएको खेलमा न्यु स्टार फुटबल क्लबले अरुणीमा युबा क्लब आरुबोटेलाइ २–१ ले हराएर फाइनल प्रबेश गरेको छ ।

आजै भएको दोश्रो सेमिफाइनल खेलमा फाक्तेपेली फुटबल परिषदलाई ट्राइबेकरमा ४–२ले हराउदै पि.एफ.सि पौवा भञ्जाङ फाइनल प्रवेश गरेको छ । निर्धारीत समयमा १–१ को बराबरी भए पछि खेल ट्राइबेकरमा गएको थियो ।

भोली हुने फाइनल खेल न्यु स्टार फुटबल क्लब र पि.एफ.सि पौवा भञ्जाङ बिच हुने छ । खेल ठिक १ बजे बाट हुने आयोजकले बताए ।
पहिलो चोटि आयोजना गरीएको घुर्बिसे पञ्चमी गोल्डकपमा प्रथम हुने टिमले १लाख ११ हजार १ सय ११ रुपाँैया र उपबिजेताले ५५ हजार ५ सय ५५रुपाँैया पा्रप्त गर्ने आयोजकले बताए ।

January 3, 2025

वालिङमाथि पुलिसको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिकालाई सहजै हराएको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा शुक्रवार पुलिसले वालिङलाई ५-० ले पराजित गर्यो । पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान २ तथा पूजा रानाले एक गोल गरिन् । खेलको २६औं मिनेटमा अनुष्का निर्मला उपाध्यायको […]

January 3, 2025

एन्फा महिला लिग – पुलिस र वालिङ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज एक खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगको अन्तिम चरणको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । पहिलो चरणको लिगमा पुलिस तेस्रो स्थानमा रहेको थियो । वालिङले […]

January 2, 2025

सभापति कप फुटबल अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा अर्को महिना सभापति कप फुटबल प्रतियोगिता हुने भएको छ। माघ १० गतेदेखि हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी गरि १० पुरुष टोलीको सहभागिता रहने आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले बिहीवार सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार […]

Success

Thank you for your time.