8 years ago
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग टोली झापा ११ भारतको सिक्किमा गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ ।
गान्तोकस्थित पाल्जोर रंगशालामा बिहीबार भएको फाइनलमा झापा मोहमडन स्पोर्टिङ क्लबसँग १–० ले पराजित भएको थियो । १६ औं मिनेटमा मनवीर सिंहले गरेको गोल खेलको निर्णाय बनेको थियो । पहिलो हाफमै बराबरी गोल गर्ने मौका झापाले चुकाएको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कर्ण लिम्बुको पेनाल्टी पोस्ट नजिकबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा पनि टोलीले प्राप्त केही मौकामा गोल गर्न नसकेपछि पहिलो सहभागितामा झापा उपविजेता बनेर फर्कने भएको छ । झापाले ५० हजार भारतीय रुपैयाँ प्राप्त गर्यो । त्यस्तै विजेता मोहमडनले उपाधिसहित १ लाख भारतीय रुपैयाँ जित्यो । झापा स्थानिय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनलमा थियो । मोहमडनले पनि सेमिफाइनलमा स्थानियन सिक्किम आक्रमणलाई ३–१ ले हराएको थियो ।
उक्त प्रतियोगितामा नेपालका चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार क्लब र एनआरटीले पनि सहभागिता जनाइसकेका छन् । थ्री स्टार र एनआरटीले गभर्नस गोल्डकपको उपाधि जितिसकेका छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]