default_image

3 years ago

June 3, 2021

कोम्यान बार्सिलोनामै रहने

47 views

0 Bookmark

एजेन्सी – डच प्रशिक्षक रोनाल्ड कोम्यान क्याटलान क्लब बार्सिलोनामै रहने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले कोम्यान क्लबमै रहने प्रष्ट पारेका हुन् ।

गत सिजन एक उपाधि जितेपनि ला लिगा र च्याम्पियन्स लिग जित्न नसकेपछि कोम्यानको कार्यकालका विषयमा विभिन्न चर्चा चलिरहेका बेला बार्सिलोनाले कोम्यान २०२३ सम्म क्लबमै रहने जनाएको छ । लापोर्टाको पुरानो सहमति अनुसार उनको सम्झौता २०२२ सम्म रहेको थियो । तर उनले थप एक वर्ष सम्झौता बढाएका हुन् ।

कोम्यान गत समरमा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद छाड्दै बार्सिलोना आएका थिए । उनले बार्सिलोनामा क्विके सेटिनको स्थान लिएका थिए । उनी अनुभवी रहेको र उनले अर्काे सिजनमा राम्रो गर्न सक्नेमा अध्यक्ष लापोर्टा आशावादी रहेका छन् ।

५८ वर्षीय प्रशिक्षक कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले ५४ खेल खेल्दा ३४ जित, ९ बराबरी र ११ हारको नतिजा निकालेको छ ।

November 1, 2024

फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]

October 31, 2024

प्रधानमन्त्री ओली सामु फुटबल खेलाडीको गुनासो

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]

October 31, 2024

लिभरपुल र आर्सनलको जित

एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो ।  ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]

Success

Thank you for your time.