3 years ago
June 3, 2021
एजेन्सी – ब्राजिलमा अर्काे सातादेखि सुरु हुने दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरीका कपको उद्घाटन खेलमा आयोजक ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस सिजनको कोपा आयोजक राष्ट्र अर्जेन्टिना र कोलम्वियामा खेल हुन नसकेपछि अन्तिम समयमा कोपा अमेरिका ब्राजिलमा सारिदा खेल तालिका र खेल्ने समयसमेत परिवर्तन हुदा उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्ने तय भएको हो । खेल माने गारिन्चा स्टेडियममा हुनेछ ।
सोही दिन कोलम्विया र इक्वेडरबीच एरिना पान्टानलमा खेल हुनेछ । अर्जेन्टिनाले जुन १४ मा चिलीसँग खेल्दै कोपा अमेरिका कपको सुरुवात गर्नेछ ।
दक्षिण अमेरीकी फुटबल महासंघ (कन्मेबल)ले सार्वजनिक गरेको तालिका अनुसार कोपा अमेरिका ब्राजिलको विभिन्न पाँच रंगशालामा हुने छ । फाइनल खेल मात्रै रियो दि जेनेरियोको माराकाना रंगशालामा हुनेछ । अन्य खेल माने गारिन्चा, एरिना पान्टानल, निल्टन सान्तोष र ओलिम्पिकोमा हुनेछ । कोपा अमेरिका कपमा दर्शक प्रवेशमा रोक लगाइने छ ।
कोलम्वियामा राजनितीक तनाव बढेपछि प्रतियोगितको सह आयोजकबाट हात झिक्दा अर्जेन्टिनामा कोरोना संक्रमण बढेपछि कन्मेबलले ब्राजिल सरकारसँग अनुमति लिएर ब्राजिलमा निर्णय गरेको हो । गतवर्ष नै हुनुपर्ने कोपा अमेरिका कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो ।
ब्राजिल दुई वर्ष अघिको च्याम्पियन टोली हो । ब्राजिलले पेरुलाई ३–१ ले हराँउदै दुई वर्षअघि घरमै भएको प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे तथा समूह बी’ मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् ।
अष्ट्रेलिया र कतारलाई पाहुना टोलीको रुपमा प्रतियोगितामा समावेश गरिएपनि यो समयमा एसियामा विश्वकप छनोट र एसियन कप छनोटका खेल परेका कारण उनीहरुले प्रतियोगिताबाट नाम फिर्ता लिइसकेका छन् ।
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]
October 31, 2024
एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो । ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]