3 years ago
June 3, 2021
एजेन्सी – विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । लामो समयपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका करिम बेन्जेमाले पेनाल्टी चुकाएपनि फ्रान्सले १० खेलाडीमा समेटिएको वेल्सलाई ३–० ले पराजित गरेको हो ।
फ्रान्सको जितमा केलियन एमबाप्पे, एन्टोइन ग्रिजमन र औसमाने डेम्वेलेले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल निस्किएको थियो । एलिएन्ज रिभेरा निसमा बुधबार राति भएको खेलको २६औं मिनेटमा वेल्स १० खेलाडीमा समेटिएको थियो ।
पेनाल्टी बक्समा करिम बेन्जेमाको प्रहारलाई हातले रोकेपछि रेफ्रीले निको विलियम्सलाई रातो कार्ड तथा फ्रान्सलाई पेनाल्टी प्रदान गरेको थियो । तर बेन्जेमाको पेनाल्टी प्रहारलाई ड्यानी वार्डले बचाउँदा प्रलान्स अग्रता लिनबाट चुक्यो । पेनाल्टीमा चुकेपनि फ्रान्सले ३५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अग्रता लियो ।
एन्टोइन ग्रिजमनको प्रहारलाई वेल्सका गोलरक्षक वार्डले बचाएपनि रिवाउन्डमा एमबाप्पेले गोल गर्न सफल भएका थिए । ४२औं मिनेटमा एमबाप्पेले गोल गर्ने सुवर्ण अवसर खेर फालेका थिए । ४७औं मिनेटमा एमबाप्पे र ग्रिजमनको समन्वयमा बनेको मुभमा ग्रिजमनले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । ६४औं मिनेटमा आरोन राम्सेको प्रहारमा गोलरक्षक ह्युगो लोरिस बाधक बन्दा वेल्सले गोल अन्तर घटाउन सकेन ।
७९औं मिनेटमा बेन्जेमाले पेनाल्टी बक्समा उत्कृष्ट रुपमा छातीले नियन्त्रणमा लिदै दिएको पासलाई सब्सिच्युट डेम्वेलेले गोल गर्दै फ्रान्सको जित पक्का गरे । डेम्वेले ७३औं मिनेटमा एमबाप्पेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । १० खेलाडीमा समेटिएपछि वेल्सले बलियो फ्रान्सलाई बेला बेलामा काउन्टर अट्याकमा आक्रमण बुन्ने प्रयास गरेपनि सफल हुन सकेन ।
युरोकपको तयारीका लागि विभिन्न टोलीहरुले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल खेलिरहेका छन् । युरोकप ११ जुनदेखि ११ जुलाईसम्म युरोपका ११ शहरमा आयोजना हुदैछ ।
November 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले अमिषालाई १ लाख रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए । […]
October 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलको उपविजेता नेपाली टोलीलाई सरकारले तिहारको बिदा सकिएलगत्तै पुरस्कार दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा फुुटबल टोलीका खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँगको बिहीवार भएको भेटमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने […]
October 31, 2024
एजेन्सी – लिभरपुल र आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ब्राइटनलाई बुधवार ३-२ ले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । लिभरपुलको जितमा कोडी गाक्पोले २ गोल गरे। ४६ औं मिनेटमा गाक्पोले पहिलो गोल गरे। ६३औं मिनेटमा गाक्पोले व्याक्तिगत दोस्रो गोल थपेपछि लिभरपुलले २-० को अग्रता बनायो । ८१औं मिनेटमा साइमन एडिन्ग्राले […]