8 years ago
October 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झापा ११ ले आज भारतको सिक्किमा जारी ३६ औं अल इन्डिया गभर्नस गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा आज मोहमडन स्पोटिङ क्लबको सामना गर्दैैछ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा दिउँसो १ः३० बजे फाइनल सुरु हुने बताइएको छ ।
झापा गभर्नर्स गोल्डकपको पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको हो । मोहमडन भने २५ बर्षपछि गोल्डकपको फाइनल पुगेको जनाइउको छ । स्थानिय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनलमा थियो । मोहमडनले पनि सेमिफाइनलमा स्थानियन सिक्किम आक्रमणलाई ३–१ ले हराएको थियो ।
उक्त प्रतियोगितामा नेपालका चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार क्लब र एनआरटीले पनि सहभागिता जनाइसकेका छन् । थ्री स्टार र एनआरटीले गभर्नस गोल्डकपको उपाधि जितिसकेका छन् । झापाको अर्को टोली चितवनमा जारीमा विकास रनिङ सिल्डको सेमिफाइनलबाट बुधबार बाहिरिएको थियो ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]