4 years ago
May 30, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
भनिन्छ, आधा साँचो भनेको झुट बराबर हुन्छ । हेर्दा समान्य लाग्ने । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीले प्रयोग गरेको जर्सीका विषयमा पछिल्लो पटक गरेको दाबी कमजोर देखिएको छ ।
इराकसँग शनिबार मैत्रीपूर्ण खेलको अघिल्लो दिन व्यवस्थापकको बैठकमा टोली सेतो रंगको जर्सी प्रयोग गरिने भन्दै सार्वजनिक गर्यो । त्यसको केहि समयमा एन्फाले आफ्नो आधिकारिक फेसबुक पेजबाट राष्ट्रिय टोलीले पहिलो पटक सेतो जर्सी पहिलो पटक प्रयोग गर्न लागेको भन्दो फोटो सर्वजनिक गर्यो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि राष्ट्रिय टोली पहिलो पटक सेतो जर्सी प्रयोग गर्न लागेको भन्दै ट्विट गरेका थिए ।
त्यसको केहि घन्टामा विभिन्न अनलाइनमा त्यसको समाचार आए । जुन स्वभाविक थियो । फुटबलको आधिकारिक निकायले सार्वजनिक गरेको विषयमा थप प्रमाण खोज्नु आवश्यक थिएन । एन्फाकै दाबीलाई हवाला दिदै पुग्ने थियो ।
नेपालको राष्ट्रिय फुटबल टीमले पहिलो पटक इराकसंग खेल्ने खेलमा सेतो जर्सिमा उत्तीर्ने भएको छ। जय नेपाली फुटबल । pic.twitter.com/4aZPU4Fz6d
— Karma Tsering Sherpa (@ktsherpa) May 28, 2021
समय बित्दै जाँदा नेपाली टोलीले यसअघि पनि सेतो जर्सी प्रयोग गरिसकेको प्रमाण भेटियो । नेपाली टोलीले पहिलो औपचारिक प्रतियोगिता र त्यसअघि देखि नै सेतो जर्सी प्रयोग गरेको थियो । सन् १९८२ मा भारतमा आयोजना भएको एसियाली खेलकुदमा नेपाली टोलीले सेतो जर्सी लगाएको थियो ।
विश्व फुटबल महासंघ (एएफसी) र एसियाली फुटबल महासंघ (एएफसी) ले मान्यता दिएको त्यहि प्रतियोगितालाई नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो सहभागिता रुपमा लिइन्छ । त्यसअघि नेपाली टोलीले भाग लिएका आगा खाँ, किङ्स कपमा पनि सेतो जर्सी लगाएको थियो । झन्डै ४ दशक वितिसक्दा पनि त्यति बेला सेतो जर्सी खेलाडी राष्ट्रिय टोलीका पूर्व खेलाडीहरुको स्मरणमा अझै ताजा छ ।
फुटबलमा नजितानै बढी अर्थपूर्ण हुन्छ । त्यसको दाँजोमा जर्सी चर्चाको धेरै ठूलो इस्यू नहुन सक्छ । तर, त्यति हुँदा हुँदा पनि राष्ट्रिय टोलीको जर्सीमा खेलाडी र फुटबलप्रेमीको औधी लगाव छ । राष्ट्रिय टोलीको जर्सी लगाउनुलाई गर्वका साथ हेरिन्छ । नेपालमा सिमित मात्रामा भएपनि फुटबल र क्रिकेट टोलीको जर्सी लगाउने समर्थक छन् । राष्ट्रिय टोलीको जर्सीसँग समर्थकहरुको भावना जोडिएको हुन्छ ।
नेपालले लामो समयदेखि रातो र निलो जर्सी प्रयोग गर्दै आएको छ । राष्ट्रिय झन्डाको रंग रातो र निलो रंग होस् वा अरु कुनै रंगका जर्सीप्रति समर्थकहरुको त्यसमा लगाव हुन्छ नै । तर, एन्फाले नै आफ्नो विगतलाई नहेरि पहिलो पटक सेतो जर्सी लगाउन लागेको दाबी गर्दा त्यसले समर्थकमा विश्वास त हुन्छ । तर, त्यति बेला सेतो जर्सीमा मैदान उतर्नेको भावनामा कस्तो ठेस पुग्ला त्यो अनुमान गर्न सकिन्छ ।
झन्डै ४ दशक अघि एसियाली खेलकुद खेल्ने कतिपय खेलाडीहरु अहिले पनि फुटबलकै अनेक भूमिकामा छन् । त्यति बेला टोलीका सदस्य रहेको कृष्ण थापा एन्फाको उपाध्यक्ष छन् । श्रीराम रञ्जितकार फुटबलकै रेफ्री एसेसरका रुपमा सक्रिय छन् । राजुकाजी शाक्य प्रशिक्षणमा आबद्ध छन् ।
नेपालका लागि त्यहि एसियाली खेलकुदमा देशका लागि पहिलो गोल गर्ने वाईबी घले खराब स्वस्थ्यका कारण घरमै आराम गरिरहेका छन् । थापा, रञ्जितकार, शाक्य वा घलेलाई अहिले पनि त्यति बेला सेतो जर्सी लगाएको याद छ । घले र शाक्य म्यानमारविरुद्धको खेलमा सेतो जर्सी लगाएको स्मरण गर्छन् ।
त्यति बेला नेपालले कुवेत, इराक र म्यानमारसँग खेलेको थियो । कुवेतसँग ३–१ ले हार्दा घलेले एक गोल गरेका थिए । इराक र म्यानमार दुवैसँग नेपाल ३–० ले पराजित भएको थियो । थापाले त्यति बेलाको स्मरण गर्दै भने, ‘हाम्रो त्यति बेला रातो र सेतो जर्सी थियो ।’
रञ्जितकारले भने, ‘एसियाली खेलकुद भन्दा अघि १९७९ मा बंगलादेशमा आगा खाँ, किङ्स कपमा पनि सेतो जर्सी लगाएका थियौं ।’
त्यति बेला अन्य खेलाडीलाई पनि सेतो जर्सी लगाएको पक्कै याद होला । रञ्जितकारका अनुसार एसियाली खेलकुदमा भाग लिँदा सेतो जर्सी लगाएको फोटो अहिले पनि एन्फामा छ । फुटबलसँग जोडिएका हरेक सुचना प्रभाव गर्दा एन्फाले त्यसमा सत्यता जाँच गर्नै पर्छ ।
नियमविपरित जर्सीको काँधमा रहेको प्रायोजकको नाम हटाइयो
राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने अहिलेको जर्सीमा विगतको कमजोरी सच्चाईएको छ । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा प्रयोग गरेको जर्सी यसअघिको गल्ति रहेको छैन । चैतमा थ्री नेसन्स कपमा नेपालले नयाँ जर्सी प्रयोग गरेको थियो । एन्फा र पोशाक उत्पादक संस्था केटिएम सिटीबीच भएको एक वर्षे सम्झौता अनुसार उत्पादित यस जर्सीमा फिफाको खेल सामग्री सम्बन्धि नियमावली तोडिएको पाइएको थियो ।
पुरानो जर्सीमा ब्रान्डको नाम
नयाँ जर्सीमा स्ट्राइप डिजाइन
फिफाको नियमावली अनुसार कुनैपनि सामग्री उत्पादन कम्पनिले आफ्नो मुख्य लोगोबाहेक अन्य कुनैपनि स्थानमा कम्पनिको पहिचान झल्कने डिजाइन प्रयोग गर्न पाउँदैन । जर्सीमा मुख्य लोगोका रुपमा २० स्क्वायर सेन्टिमिटरको लोगो बाहेक उत्पादक सामग्रीको अन्य केहि पहिचान प्रष्ट हुने डिजाइन प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।
तर केटिएमले त्यति बेला तयार पारेको जर्सीको काँधको भागमा प्रष्ट रुपमा केटिएम लेखिएको थियो, जुन नियम विपरित थियो । इराकविरुद्ध टोलीले प्रायोग गरेको सेतो जर्सीमा केटिएम छैन । त्यसमा दुई वटा निलो स्ट्राइप मात्र राखिएको छ । त्यति बेला एन्फाले पोशाक उत्पादक संस्था केटिएमलाई नियमावलीबारे जानकारी दिइएको र त्यसैअनुसार जर्सी बनाएको दाबी बताएको थियो । केटिएमले भने उक्त डिजाइन नियम अनुसार नै रहेको दाबी गरेको थियो ।
फिफाको फिफाको खेल सामग्री नियमावलीको दोस्रो सेक्सनको ८.३ नियममा जर्सीमा सिंगारका रुपमा प्रयोग हुने डिजाइनले जर्सी निर्माताको परिचय, विज्ञापन, कुनै किसिमको सन्देश अथवा कुनै देश, धर्म, राजिनिती वा कुनै आकृति राखेर प्रस्तुत गर्न पाइन्न भन्ने उल्लेख छ । यस्तै छैटौं सेक्सनको नियम नम्बर ४१ मा पनि कुनै निर्माता कम्पनिले कुनै पनि डिजाइनमार्फत आफ्नो विज्ञापन गर्न नपाइने भन्नेछ ।
नेपालले इराकविरुद्ध हार बेहोरेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र एन्फाको सम्बन्धबारे लेख : आधुनिक फुटबल भनेको आक्रमक फुटबल नै हो !
February 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली धनगढी एफसीले राष्ट्रिय पुरुष क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । धनगढीले सोमवार सामाजिक संजालमार्फत दीपेन्द्रलाई धनगढीले एनएसएलको तेस्रो संस्करणका ब्रान्ड एम्बासडर बनाइएको जानकारी दिएको हो । धनगढी अघिल्ला दुवै संस्करणको उपविजेता हो । धनगढी पहिलो संस्करणमा काठमाडौं रेजर्स तथा दोस्रो […]
February 24, 2025
हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी ओली कप फुटबल […]
February 24, 2025
सिड्नी (हाम्रो खेलकुद) – सगरमाथा फुटबल क्लब गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) फुटबल प्रिमियर लिग २०२४–२५को च्याम्पियन बनेको छ । २६औं संस्करणमा लिग चरणको एक खेल बाँकी छँदै च्याम्पियन बनिसकेको सगरमाथा अन्तिम खेलमा भने फेवा फुटबल क्लबसँग १–० ले पराजित भएको छ । लिगको अन्तिम चरणका खेलहरु आइतवार नोरफोर्ड पार्क सिड्नीमा भएको थियो । यो सिजन […]