8 years ago
October 27, 2016
इङ्ल्याण्ड (एजेन्सी)- गए राती भएको ईंग्लिश फूटबल लिग कप अन्तर्गतको खेलहरुमा म्यान्चेस्टर युनाईटेड, वेस्ट ह्याम र साउथह्याम्पटनले जित हात परेका छन् ।
हिजो भएको खेलमा म्यान्चेस्टर युनाईटेडले आफ्नो छिमेकी म्यान्चेस्टर सिटीलाई १-०ले पराजित गर्यो । यो नतिजा पश्चात सिटीका प्रशिक्षक पेप गार्डियला आफ्नो जिवनमा पहिलो पल्ट लगातर ६ खेल सम्म जित हात पर्न सकेकन । खेलको एक मात्र गोल ५४औ मिनटमा हुँवा माटाले गरेका थिए । खेलमा सिटीले कुनैपनी प्रहार गोल पोष्टमा गर्न सकेन ।
अर्को खेलमा चेल्सीले भनेको वेस्ट ह्यामसँग हारको स्वाद चाख्यो । खेलको ११औ मिनटमै कौयाटेले गोल गर्दै घरेलु टोलीलाई आग्रता दिलाएका थियो । निकैनै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलिले पहिलो हाल्फमा गोल थप्न सकेनन । खेलको दोस्रो हाल्फको तेस्रो मिनटमै फर्नन्डेसले गोल गर्दै २-० बनाएका थिए । चेल्सीका लागि ९०औ मिनटमा काहिलले सन्त्वना गोल गरेका थिए । खेल २-१मा अन्त्य भयो ।
त्यस्तै हिजै भएको अर्को खेलमा साउथ ह्याम्पटनले सन्डरल्याण्ड्लाई १-०ले पराजित गर्यो । खेलको एकमात्र गोल ६६मिनटमा बाउफलले गरेका थिए ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]