8 years ago
October 26, 2016
चितवन (हाम्रो खेलकुद)- टाइब्रेकरमा विजयी हुँदै सिएमजी क्लब संकटा विकास रनिङ सिल्डको सेमिफाइनलमा पुगेको छ । झापा ११ सँग २–२ को बराबरीपछि संकटाले टाइब्रेकरमा ३–१ ले बाजी मारेको थियो ।
फाइनल प्रवेशका लागि अब संकटाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । ३१ औं मिनेटमा संकटाका भिक्टर अमोबिले गरेका थिए । लगत्तै अर्को मिनटेमा असिमजंग कार्कीले गोल गरेपछि संकटाले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । झापाका सनुका लिम्बुले ५५ औं र ६७ औं मिनेटमा गोल गर्दै खेललाई रोमञ्चक बनाउका थिए ।
टाइब्रेकरमा संकटाका लागि असिम, निराजन खड्का र विश्व अधिकारीले गोल गरे । झापाका ओमविक्रम घलेमात्र गोल गर्न सफल भए । असिम खेलको म्यान अफ दी म्याच चुनिए । बिहीबार हुने सेमिफाइनलमा नेपाल आर्मी र मोरङबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]