default_image

3 years ago

May 25, 2021

रामोसले स्वीकारे स्पेनको निर्णय

123 views

0 Bookmark

एजेन्सी – अबको दुई सातामा सुरु हुने युरोपेली च्याम्पियनसिपका लागि स्पेनले अन्तिम टोलीको घोषणा गर्दा नियमित कप्तान सर्जियो रामोस टोलीमा परेनन् । रामोसले आफू शारीरिक रुपमा तयार नरहेको भन्दै टोलीको निर्णय स्वीकारेका हुन् ।

चोटका कारण पछिल्लो केहि महिना उनका लागि निकै कठिन रहयो । रामोसले २०२०-२१ सिजनमा रियल म्याड्रिडका लागि २१ खेल मात्र खेले । त्यसमध्य जनवरीमा घुँडाको शल्यक्रिया गरेपछि उनले २ खेलमा मात्र सुरुवात गरे । रामोसले पूर्ण रुपमा फिट हुन आफूलाई अझै केहि समय लाग्ने बताएका हुन् ।

‘पछिल्लो केहि महिना निकै कठिन रहयो । निकै फरक रहेको यस सिजन अहिले युरोनजिक आएर टुंगिएको छ । मैले निकै मिहिनेत गरेर रियल म्याड्रिड र स्पेनका लागि शत प्रतिशत दिए । तर सधैं आफूले चाहेको जस्तो नहुने रहेछ,’ रामोसले सामाजिक संजालमा लेखेका छन् ।

‘मलाई दुख लागेको छ की मैले आफ्नो टोलीलाई धेरै सहयोग गर्न सकिन । स्पेनका लागि छनोट हुन नसक्नु निकै पीडादायी क्षण हो । तर अहिले मेरो अवस्था अनुसार मैले विश्राम गर्नु नै उचित निर्णय हो । अब मेरो ध्यान पूर्ण फिट रहेर सदाझैं सानदार पुनरागमन गर्नेमा हुनेछ,’ उनले भने ।

‘देशको प्रतिनिधित्व गर्न नपाउँदा दुख लागेको छ । तर सधैं इमान्दार हुनुपर्छ । म आफ्नो सहकर्मी साथीहरुलाई युरोको लागि शुभकामना दिन चाहन्छु । म घरमा बसेर अर्को एक समर्थकका रुपमा टोलीको हौसला बढाउनेछु,’ रामोसले टुंग्याए ।

रामोस १७ वर्षदेखि स्पेनको पहिलो रोजाइमा खेल्दै आएका छन् । सन् २००४ को युरोयता लगातार मुख्य प्रतियोगिता खेल्दै आएका उनले एक विश्वकप र दुई पटक युरो जितेका छन् । उनले स्पेनको जर्सीमा १ सय ८० खेल खेल्दै २३ गोल गरेका छन् ।

October 18, 2024

श्रीलंकालाई पहिलो हाफमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । दशरथ रंगशालामा श्रीलंका १-० ले अगाडी छ । पहिलो हाफको अवधिभर माल्दिभ्समाथि आक्रमण बुनेको टोलीले अन्य अवसर भने सदुपयोग गर्न सकेको छैन । माल्दिभ्सकी गोलरक्षक अमिनाथ लिजाले केही उत्कृष्ट बचाउ गर्दै गोलअन्तर बढ्न दिएकी छैनन् । […]

October 18, 2024

नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपमा आज आयोजक नेपालले भुटानसँग खेल्दैछ । नेपाल जितबाट प्रतियोगिताको सुरूवात गर्ने दाउमा रहनेछ । छोटो तयारीका बाबजुद नेपाली टिमले उपाधि जित्ने लक्ष्य बनाएको छ। यसको लागि आज जितबाट सुरूवात गर्न जरूरी छ। दशरथ रङ्गशालामा साँझ ५:३० बजे हुने खेलमा नेपाललाई घरेलु दर्शकको साथ रहनेछ । आजको खेलमा नेपालकी […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

Success

Thank you for your time.