4 years ago
May 20, 2021
एजेन्सी – अर्जेन्टिना तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोना जाने भएका छन् ।
बार्सिलोनाले फ्रि ट्रान्सफरमा ३२ वर्षीय अगुइरोलाई अनुबन्ध गर्न नजिक पुगेको हो । सिटीका सर्वाधिक गोलकर्ता (२५८) रहेका अगुएरोले गत मार्चमा नै इतिहाद स्टेडियम छाड्ने घोषणा गरेको थिए । उनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।
वेटेभेका अनुसार अगुएरोले ला लिगा जाइन्ट बार्सिलोनासँग २ वर्षको सम्झौता गरेका छन् । उनी बार्सिलोना आएसँगै अर्जेन्टिनाका दुई अन्तर्राष्ट्रिय फरवार्ड अगुएरो र कप्तान लियोनेल मेस्सी क्लब फुटबलमा एक साथ देखिने सम्भावना छ ।
रिपोर्ट अनुसार यि फरवार्डले बार्सिलोना आउन आफ्नो पारिश्रमिक घटाएका थिए । अगुएरोले सिटीमा वार्षिक १२ मिलियन पाउन्ड पारिश्रमिक लिदै आएपनि बार्सिलोनामा भएको नयाँ सम्झौता अनुसार उनले वार्षिक ५ मिलियन पाउन्ड पाउनेछन् ।
ला लिगामा अगुएरोको यो दोस्रो सिजन हुनेछ । यसअघि अगुइरो २०११ मा एट्लेटिको म्याड्रिड छाडेर सिटी पुगेका थिए । अगुएरोले सन २००६–०७ को सिजनमा अर्जेन्टिनी क्लब एट्लेटिको इन्डिपेन्डेन्टीबाट एट्लेटिको म्याड्रिड पुगेका थिए । एट्लेटिकोमा पाँच सिजन बिताएका अगुएरोले २३४ खेलमा १०२ गोल गरेका थिए । त्यसपछि म्यानचेस्टर सिटी पुगेका अगुएरोले १० सिजनमा ३८८ खेलमा २५८ गोल गरेका छन् ।
अगुएरोको आगमनसँगै बार्सिलोनाले आफ्नो टोलीका कप्तान मेस्सीले पनि बार्सिलोनामा सम्झौता नविकरण गर्ने आशा राखेका छन् । मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ ।
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघ अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिलाई ४ जनाले राजीनामा दिइसकेका छन् । पुस १३ गते सम्पन्न भनिएको निर्वाचनमा उपाध्यक्ष बनेका २ र सदस्य २ जनाले राजीनामा गरेका हुन् । १९ सदस्यीय बाट ५ जनाले राजीनामा गरेका हुन् ।सर्वोच्च र उच्च अदालतको आदेश र राष्ट्रिय खेलकुद […]
February 6, 2025
पोखरा (हाम्रो खेलकुद)- पोखरामा २४ औं आहा!रारा पोखरा गोल्डकप र धरानमा २५ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता जारी छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले आहा र बुढासुब्बा दुवै प्रतियोगिता सहभागी छ । चर्च ब्वाइज बुधवार विजयी हुँदै बुढासुब्बाको फाइनल पुगेको थियो। आज आहामा चर्च ब्वाइज […]
February 6, 2025
एजेन्सी – आर्सनल इंग्लिस फुटबल लिग कपबाट बाहिरिएको छ । न्युक्यासलसँग बुधवार दोस्रो लेगमा २-० को हार बेहोरेसँगै आर्सनल लिग कपबाट बाहिरिएको हो । पहिलो लेगमा पनि २-० ले पराजित आर्सनल समग्रमा ४-० पछि रह्यो । दोस्रो लेगमा न्युक्यासलको जितमा जाकोब मर्फी र एन्थनी गोर्डोनले गोल गरे। १९औं मिनेटमा मर्फीको गोलबाट न्युक्यासलले अग्रता लियो। ५२औं […]