4 years ago
May 19, 2021
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीको कप्तानीमा अर्को महिना सुरु हुने युरोकपका लागि पोल्याण्डको टिम घोषणा भएको छ ।
प्रशिक्षक पाउलो साउसाले लेवान्डोस्कीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका हुन् । यो सिजन जर्मन बुन्डेसलिगामा उत्कृष्ट प्रदर्शन गरेका लेवान्डोस्कीले गर्ड मुलरको ४९ वर्ष पुरानो अघि बायर्नमा राखेको कीर्तिमानसँग बराबरी गरेका थिए । गत मार्चमा डेब्यु गरेका १७ वर्षीय मिडफिल्डर कास्पर कोजलोस्कीले टोलीमा स्थान बनाएका छन् ।
घाइते फरवार्ड क्रिस्टोफ पिएटेक टिम बाहिर रहँदा कमिल ग्रोसिकीलाई रिजर्भमा राखिएको छ । कमिलसँगै रिभर्जमा चार खेलाडी छन् । समूह ‘ई’ मा रहेको पोल्याण्डले स्पेन, स्वीडेन र स्लोभाकियासँग खेल्नेछ । युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ सम्म सञ्चालन हुनेछ ।
२६ सदस्यीय पोलिस टिम
गोलकिपर – लुकास फाबियन्स्की, लुकास स्कोरुप्स्की र वजचिएक सेचेज्नी
डिफेण्डर – जान बेडनारेक, बार्तोस बेरेन्स्की, पावल डेविडोविज, कमिल गिलिक, माइकल हेलिक, थोमस केड्जिओरा, कमिल पिएटकोस्की, टाइमोटेउस पुचाज र मासेज राएबस
मिडफिल्डर – प्रेमाइसल फ्रानकोस्की, कमिल जोजवियक, माटेउस क्लिच, कास्पर कोजलोस्की, ग्रेगोर्ज क्रिचोवियक, कारोल लिनेट्टी, जाकुब मोडर, प्रेमाइसल प्लाचेटा र पिओर जिलिन्स्की
फरवार्ड – रोबर्ट लेवान्डोस्की, डेविड कोनास्की, अर्काडिउस मिलिक, कारोल स्वीडेरस्की र जाकुब स्वीरजोक
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको विभागीय डर्बीमा आइतवार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोल रहित बराबरीमा रोकिएका छन् सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा दुवै टोलीले बराबरीमा रोकिएका हुन् । पुलिसकी पुजा रानाले २३औं मिनेटमा गोल गरे पनि रेफ्रिले मान्यता दिएनन् । त्यसैमा विवाद भएपछि करिब २५ मिनेट खेल रोकिएको थियो […]
January 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा आज दुई विभागीय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा पहिलो खेलमा जित हात पारेका दुवै टोली सोहि लयलाई निरन्तरता दिन चाहन्छन् । पहिलो चरणको लिगमा पुलिस र आर्मीले १-१ गोलको बराबरीमा […]
January 5, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । सिटीलेघरेलु मैदानमा शनिवार ४-१ को सहज जित हासिल गरेको हो । सिटीको जितमा एर्लिङ हालाण्डले २ तथा फिल फोडेनले १ गोल गरे । अर्को आत्मघाती गोल भयो । वेस्ट ह्यामका निकलेस फोलकुर्कले १ गोल फर्काए । वेस्ट ह्यामका भ्लादिमिर क्याफलको आत्मघाती […]