default_image

3 years ago

May 18, 2021

जर्मन गोलरक्षक टेर स्टेगन युरोकप बाहिर

92 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका जर्मन गोलरक्षक मार्क आन्दर टेर स्टेगन अर्काे महिनाबाट शुरु हुने युरोकप २०२० बाट बाहिरिएका छन् ।

२९ वर्षीय गोलरक्षक टेर स्टेगनले चोटका कारण ला लिगाको अन्तिम खेलसँगै युरोकप पनि गुमाउने पक्का भएको हो । शनिबार राति स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग बार्सिलोना घरेलु मैदानमा २–१ पराजित हुदै उपाधि होडबाट बाहिरिएको खेलमा उनको चोट बल्झिएको थियो । उनले यसै महिना घुडाँको शल्यक्रिया गर्नुपर्ने र आराम लिनुपर्ने भएका कारण बार्सिलोनाको बाँकी एक खेल र युरोकप गुमाउने बताएको छ ।

‘म सेल्टासँगको हारबाट निराश छु र अब हामी ला लिगा जित्न सक्दैनौं । सिजनको सुरुवात खराव रहेपनि हामी १९ खेलसम्म अपराजित रह्यौं । तर, हामीले त्यसलाई निरन्तरता दिन सकेनौं ।’ गोलरक्षक टेर स्टेगनले सामाजिक सन्जाल इन्स्टाग्राामले लेखेका छन्, ‘मैले क्लबको मेडिकल टिमसँगको सल्लाहमा घुडाँको शल्यक्रिया गर्ने निर्णय गरेको छु ।’

‘म दुःखी छु, धेरै वर्षपछि टोली बाहिर हुदा अर्काे महिनाबाट सुरु हुने युरोकप छुट्नेछ । म घरमा एक प्रशंसकको रुपमा रहनेछु । म आशा गर्दछु कि हामी यसलाई जित्न सक्छौं । समर सिजनपछि हामी पिचमा फर्कन्छौं । म आशा गर्दछु फेरि प्रशंसकसँग खेल्न सक्षम हुनेछु । मलाई यो याद आउनेछ । गाह्रो सिजनको लागि तपाईको समर्थनका लागि धन्यवाद ।’

टेर स्टेगनले जर्मनीबाट २५ क्याप जितेका छन् । उनी जर्मनीको दोस्रो रोजाईका गोलरक्षक हुन् । जर्मन क्लब बायर्न म्युनिखका म्यानुएल नुएर जोचिम लोको पहिलो रोजाईका गोलरक्षक तथा कप्तान हुन् ।

टेर स्टेगनको अनुपस्थितिसँगै इंग्लिस क्लब आर्सनलका बन्ड लेनोलाई प्रशिक्षक जोचिम लोले नुएरको विकल्पमा अघि सार्नेछ । विश्वकप २०१८ को तेस्रो राजाईको गोलरक्षक केभिन ट्राप र गत सेप्टेम्वरमा युइएफए नेसन्स लिगको जर्मनी टोलीमा रहेका ओलिभर बाहुमान टेर स्टेगनको विकल्प हुन सक्नेछ ।

September 16, 2024

वालिङसँग सुदूरपश्चिमको हार

काठमाडौ (हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा सोमवार सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको छ । लिगमा सुदुरपश्चिमको यो लगातार पाँचौं हार हो। सातदोबाटोमा स्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन भिओला नामिडुले ह्याट्रिक गरिन् । जाकलिन नासली र सुस्मा तामाङले समान १ गोल गरिन् ।सुदूरपश्चिम प्रदेशका लागि रितिका कार्कीले १ गोल गरिन् । […]

September 16, 2024

महिला लिग- वालिङ र सुदूरपश्चिम खेल्दै

काठमाडौ (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज एक खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ह । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । ५ खेलमा ६ अंक सहित वालिङ पाँचौ स्थानमा रहँदा सुदूरपश्चिम समान खेल खेल्दै जित विहीन छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

September 16, 2024

लाकेनले दिल्ली एफसीबाट आई‌ लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बु आई ( इन्डियन ) लिग टोली दिल्ली एफसीमा आबद्ध भएका छन् । दिल्लीले आफ्नो फेसबुक पेजमार्फत लाकेन क्लबमा‌ आबद्ध भएको जनाएको छ । गत साता नै दिल्ली पुगेका लाकेनले एक सिजनका लागि सम्झौता गरेका छन् । डेढ वर्षअघि भएको सहिद स्मारक ए डिभिजन लिगमा उनी थ्री […]

Success

Thank you for your time.