8 years ago
October 26, 2016
इङ्लिश फुटबल लिगमा टोटेन्ह्याम माथी २-१ को जित दर्ता गर्दै लिभरपुल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ भने टोटेन्ह्यामको यत्रा टुङिएको छ ।
प्रीमियर लिगका दुइ प्रतिस्पर्धी बिच भएको खेलमा ड्यानियल स्टुरेजको दुबै हाल्फको एक एक गोलले लिभरपुललाई अन्तिम ८ मा स्थान दिलाएको हो ।
एन्फिल्डमा भएको खेलमा पहिलो हाल्फमा ९ मिनेटमा गोल गर्दै स्टुरेजले घरेलु टोलिलाई अग्रता दिलाएका थिए भने दोस्रो हाल्फमा ६४ मिनेटमा अग्रता दोब्बर गरेका थिए । कप्तान लुकासले लामेलालाई डि बक्समा लडाएपछी पाएको पेनाल्टी सदुपयोग गर्दै ७५ मिनेटमा जानसेनले गोल गरेपनी अर्को गोल निकाल्न नसक्दा टोटेन्ह्यामले पराजय भोग्यो ।
लिभरपुलसंगै आर्सनल, हल सिटी , लिड्स युनाइटेड र न्युकासल युनाइटेडले पनि अन्तिम ८ मा स्थान पक्का गरे । आर्सनलले रिडिङ्लाई , हल सिटिले बृस्टोल सिटिलाई , लिड्स युनाइटेडले नर्विक सिटिलाई र न्युकासलले प्रेस्टोन नर्थ इन्डलाई हराउदै प्रतियोगितामा अघी बढेको हो ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]