4 years ago
May 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को पहिलो सिजनको उपाधि जित्ने क्रममा फाइनलमा धनगढी फुटबल क्लबलाई पराजित गर्यो । उपाधि भिडन्तमा विदेशी फरवार्ड मेसुके ओलोमोउको गोल नै निर्णायक बन्यो ।
पहिलोपटक कप्तानी गरिरहेका गोलरक्षक विकेश कुथुले टोलीलाई उपाधि दिलाउँदा प्रशिक्षक बालगोपाल महर्जनले पनि घरेलु फुटबलमा क्लबबाट महत्त्वपूर्ण उपाधि जिते । यसअघि मनाङ र थ्री स्टारबाट लिग जित्न नसकेका उनले फ्रेन्चाइज लिगमा भने सुखद सुरुवात गरे । काठमाडौंले उपाधि जित्दा विश्वास श्रेष्ठ उदीयमान खेलाडी भए भने मेसुके उत्कृष्ट मिडफिल्डर चुनिए । फाइनलमा पराजित धनगढीका कप्तान किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक तथा दीनेश राजवंशी उत्कृष्ट डिफेन्डर घोषित भए ।
लिग चरणको नतिजा
१. काठमाडौं रेजर्सविरुद्ध ललितपुर (१–०)
२. विराटनगरविरुद्ध धनगढी (३–०)
३. पोखराविरुद्ध बुटवल लुम्विनी (०–२)
४. ललितपुरविरुद्ध चितवन (१–१)
५. धनगढीविरुद्ध काठमाडौं (३–०)
६. चितवनविरुद्ध बुटवल लुम्विनी (२–२)
७. विराटनगरविरुद्ध पोखरा (०–१)
८. ललितपुरविरुद्ध धनगढी (१–१)
९. काठमाडौंविरुद्ध पोखरा (०–०)
१०. धनगढीविरुद्ध चितवन (३–०)
११.बुटवल लुम्विनीविरुद्ध विराटनगर (२–२)
१२. पोखराविरुद्ध ललितपुर (०–०)
१३. चितवनविरुद्ध विराटनगर (०–२)
१४. बुटवल लुम्विनीविरुद्ध काठमाडौं (०–१)
१५. धनगढीविरुद्ध पोखरा (१–०)
१६. ललितपुरविरुद्ध बुटवल लुम्विनी (१–०)
१७. काठमाडौंविरुद्ध विराटनगर (५–४)
१८. पोखराविरुद्ध चितवन (२–१)
१९. विराटनगरविरुद्ध ललितपुर (०–४)
२०. धनगढीविरुद्ध बुटवल लुम्विनी (०–१)
२१. चितवनविरुद्ध काठमाडौं (१–२)
प्लेअफ
क्वालिफायर १ : काठमाडौंविरुद्ध धनगढी (१–२)
एलिमिनेटर : ललितपुरविरुद्ध बुटवल लुम्विनी (१–०)
क्वालिफायर २ : काठमाडौंविरुद्ध ललितपुर (३–०)
फाइनल
धनगढीविरुद्ध काठमाडौं (०–१)
१९ खेलमा जित हार (एक अतिरिक्त समयमा जित)
६ खेलमा बराबरीको नतिजा
दुई गोलरहित बराबरी
दुई (१–१) गोलको बराबरी
दुई (२–२) गोलको बराबरी
गोलकर्ता
१. मेसौके ओलुमोउ – १+३+१+२+१ = ८ गोल
२. विक्रम धिमाल – १ गोल
३. आडेलाजा सोमिडे – १+१ = २ गोल
४. सन्तोष तामाङ – १+१+१ = ३ गोल
५. अर्मान्ड – १ गोल
६. अजित भण्डारी – १ गोल (आत्मघाती)
७ . कमल श्रेष्ठ – १ गोल
८. अमित तामाङ – १ गोल (पेनाल्टी)
९. टंक बस्नेत – १ गोल
१०. ओलावाले अफिज – २+१+१ = ४ गोल
११. जर्जप्रिन्स कार्की – १ गोल
१२. टेक बहादर बुढाथोकी – १ गोल
१३. आशिष लामा – १+१ = २ गोल
१४. लक्ष्मण रुचाल – १ गोल
१५. नवयुग श्रेष्ठ – १+१ = २ गोल
१६. रन्जन विष्ट – १ गोल
१७. निशान लिम्बु – १ गोल
१८. बुद्ध बल तामाङ – १+१ = २ गोल
१९. ओमोलाजा नुरेन करिम – १ गोल
२०. पेड्रो मान्जी – १+१+२ = ४ गोल
२१. स्टेफन विनोङ समिर – १+१+१ = ३ गोल
२२. दर्शन गुरुङ – १+१ = २ गोल
२३. नुर्लान नोभ्रुजोभ जाहिद – १+१ = २ गोल
२४. रन्जित धिमाल – १ गोल
२५. छिरिङ गुरुङ – १ गोल
२६. शिशिर लेखी – १ गोल
२७. राफायल रिमगागो – १ गोल
२८. अन्जन विष्ट – २+१ = ३ गोल
२९. विमल राना – १ गोल
३०. सुमन लामा – १ गोल
३१. सन्जोक राई – १ गोल
३२ राजीव लोप्चन – १ गोल
३३. तेज तामाङ – १ गोल
३४. पुजन उपरकोटी – १ गोल
३५. विशाल राई – १ गोल
हालसम्म ५८ गोल
सर्वाधिक गोलकर्ता
१. मेसौके ओलुमोउ – १+३+१+२+१ = ८ गोल
२. पेड्रो मान्जी – १+१+२ = ४ गोल
३. ओलावाले आफिज – २+१+१ = ४ गोल
४. स्टेफन विनोङ समिर – १+१+१ = ३ गोल
५. अन्जन विष्ट – २+१ = ३ गोल
६. सन्तोष तामाङ – १+१+१ = ३ गोल
पहिलो हाफमा गोल
२४ गोल
दोस्रो हाफमा गोल
३४ गोल (अतिरिक्त समयमा दुई गोल)
आत्मघाती गोल
अजित भण्डारी (पोखरा) बुटवल लुम्विनीविरुद्ध
ह्याट्रिक
१. मेसौके ओलुमोउ (काठमाडौं) विराटनगरविरुद्ध
पेनाल्टी गोल
१. अमित तामाङ (चितवन) ललितपुरविरुद्ध
२. मेसौके ओलुमोउ (काठमाडौं) ललितपुरविरुद्ध
पेनाल्टी मिस – ३
१. अन्जन विष्ट (ललितपुर) चितवनविरुद्ध
२. नुर्लान नोब्रुजोभ (ललितपुर) धनगढीविरुद्ध
३. ओमोलाजा ओपोकु (बुटवल लुम्विनी) काठमाडौंविरुद्ध
पहेँलो कार्ड – ८१
युगल किशोर राई (सहायक प्रशिक्षक) १ पहेँलो कार्ड
रातो कार्ड – ४
१. रमेश दंगाल (धनगढी) दोहोरो पहेँलो कार्ड
२. राकेश कार्की (काठमाडौं अफिसियल) सिधै रातो कार्ड (विराटनगरविरुद्ध)
३. अशोक यादव (विराटनगर अफिसियल) सिधै रातो कार्ड (काठमाडौंविरुद्ध)
४. विशाल सुनार (चितवन) सिधै रातो कार्ड (पोखराविरुद्ध)
५. विजय धिमाल (विराटनगर) दोहोरो पहेँलो कार्ड (ललितपुरविरुद्ध)
January 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सभापति कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज आयोजक टोली नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती र एनआरटी भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । एनआरटीले भने फ्रेन्ड्स क्लबलाई ३–१ ले हराएको […]
January 28, 2025
एजेन्सी – ब्राजिलियन स्टार नेयमारले साउदी प्रो लिग क्लब अल हिलालसँगको सम्झौता रद्ध गरेका छन् । नेयमार र साउदी क्लब हिलालले सोमवार आपसी समझदारीमा सम्झौता रद्द गरेका हुन् । ‘नेयमारले अल–हिलालमा रहँदा गरेका योगदानका लागि धन्यवाद र प्रशंसा व्यक्त गर्दछ । खेलाडीको करियरको आगामी दिनको सफलताको कामना गर्दछ,’ क्लबले भनेकाे छ । नेयमार सन् २०२३ […]
January 27, 2025
सुशील पन्त क्षेत्री, चितवन पुनरागमन जित निकाल्दै प्याराडाइज युथ क्लब मिन्नानो राइजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा सोमवार गैंडाकोट फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै प्याराडाइज अन्तिम चरणमा पुगेको हो।त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने गैंडाकोटले लिएको थियो […]