4 years ago
May 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मार्की खेलाडी तथा कप्तान अन्जन विष्टको गोलमा ललितपुर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीविरुद्ध अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको ३६औं मिनेटमा अन्जनले गोल गर्दै ललितपुरलाई १–० को अग्रता दिलाएका हुन् । सातौ मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा भिलिम पोसिन्कोभिकको वान टच प्रहारले साइड नेट गर्दा ललितपुर सिटी एफसी अग्रता लिनबाट चुक्यो ।
२७औं मिनेटमा सन्तोष तामाङको पेनाल्टी बक्सबाहिरको फितलो प्रहारलाई गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए । ३५औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई गोलरक्षक किशोर गिरीले पहिलो बारमा उत्कृष्ट बचाउ गरे । ३६औं मिनेटमा बिमल रानाको प्रहारलाई गोलरक्षक किशोर गिरीले बचाउदा रिवाउन्डमा अन्जन विष्टले हाफ भलीमा सुन्दर गोल गर्दै अग्रता दिलाए । गोल लाइनमा दिवाकर चौधरीले बचाउने प्रयास गरेपनि सफल भएन ।
धनगढी एफसी र काठमाडौं रेजर्सले प्ले अफमा स्थान सुरक्षित गरिसक्दा पोखरा थन्डर्स, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्विनी एफसी शीर्ष चारको दौडमा रहेको छ । यि चार टोलीमध्येबाट दुई टोलीले शीर्षचारमा स्थान बनाउनेछ । एफसी चितवन एक खेल बाँकी छदै शीर्ष चारको दौडबाट बाहिरिएको छ । विराटनगर र ललितपुरलाई प्ले अफमा पुग्न जित बाहेकको विकल्प छैन ।
विराटनगर र ललितपुरले बराबरी खेल्दा बुटवल लुम्विनीले धनगढीलाई हराएको अवस्थामा पोखरा र बुटवल लुम्विनी शीर्ष चारमा पुग्नेछ । विराटनगर हेड टु हेडमा पछि पर्नेछ । समान ८ अंक भएको अवस्थामा बुटवल लुम्विनी र पोखरा हेड टु हेडमा अघि बढ्नेछ । लिग चरणमा विराटनगर पोखरासँग १–० ले पराजित हुदा बुटवल लुम्विनीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । यस्तै बुटवल लुम्विनीले पोखरालाई २–० ले हराएको थियो ।
पछिल्लो खेलमा काठमाडौं रेजर्ससँग ५–४ ले पराजित भएपछि विराटनगरको प्ले अफ यात्रामा धक्का लागेको थियो । विराटनगर र ललितपुरले बराबरी खेल्दा बुटवल लुम्विनीले धनगढीसँग हार बेहोरेको अवस्थामा विराटनगर र पोखरा प्ले अफमा पुग्नेछ ।
January 16, 2025
एजेन्सी – स्पेनिस सुपर कप विजेता बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा पुगेको छ । रियल बेटिसलाई बुधवार ५-१ को हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो। बार्सालिनालाई जित दिलाउन गावी, जुलियस कोन्डे, राफिन्हा, फेरान टोरेस र लामियन यमालले गोल गरे । बेटिसका भिटोर रोकले गोल गरे । गावीको गोलमा बार्सिलोनाले तेस्रो मिनेटमा अग्रता लियो । २७औं […]
January 15, 2025
सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]
January 15, 2025
अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]