default_image

8 years ago

October 25, 2016

इङ्लिश लिग कपमा आज लिभरपुल र टोटेन्ह्याम भिड्दै

69 views

0 Bookmark

एजेन्सी (लिभरपुल)

खेल हुने समय : राती १२:३० बजे 

इङ्लिश फुटबल लिग कपको राउन्ड अफ १६ मा आज प्रीमियर लिगका दुइ प्रतिश्प्रधी भिड्दै छन । लिभरपुल फुटबल क्लबको घरेलु मैदान एन्फिल्डमा हुने खेलमा लिभरपुलले लन्डनबाट टोटन्ह्यामलाई निम्त्याउदै छ ।

mauricio-pochettino-jurgen-klopp

लिभरपुलले तेस्रो चरणको खेलमा डर्बी काउन्टिलाई ३-० ले हराउदै प्रतियोगितामा अघी बडेको हो भने, टोटेन्ह्यामले वाइट हार्ट लेनमा गिलिङ्हामलाई ५-० ले हराउदै अन्तिम १६ मा स्थान बनाएको हो ।

यस अघी प्रीमियर लिगम भिड्दा यि दुइ टोली बिच खेल १-१ को बराबरिमा अन्त्य भएको थियो । वाइट हार्ट लेनमा भएको खेलमा जेम्स मिल्नरको पहिलो हाल्फको पेनाल्टी मार्फतको अग्रतालाई रोसले दोस्रो हाल्फमा गोल गर्दै बराबर गरेका थिए ।

हाल लिगमा यि दुइ टोली बिच १ अंकको मात्र भिन्न्ता छ । २० अंक सहित लिभरपुल लिगको तेस्रो स्थानमा छ भने टोटेन्ह्याम १९ अंक सहित चेल्सी भन्दा तल पाचौ स्थानमा छ ।

अन्य खेलहरु 

आर्सनल – रिडिङ्
बृस्टोल सिटी – हल सिटी
लिड्स युनाइटेड – नर्विक सिटि
न्युकासल युनाइटेड – प्रेस्टन नर्थ इन्ड

November 20, 2024

ग्वार्डिओला अर्को वर्ष पनि सिटीमै रहने

एजेन्सी –  प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् । यद्दपी सिटीले सम्झौताका‌ बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्। योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले […]

November 20, 2024

ब्राजिल र उरुग्वेले बराबरी खेले

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे बराबरी खेलेका छन् । उरुग्वे र ब्राजिललाई बुधवार बिहान भएको खेलमा १-१ को बराबरीमा खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । ५५औं मिनेटमा भाल्भेर्डेको गोलमा उरुग्वेले सुरुवाती अग्रता लिएको थियो । […]

November 20, 2024

अर्जेन्टिना विश्व कपमा छनोट

एजेन्सी – लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना पेरुलाई पराजित गरेसँगै फिफा विश्व कप २०२६ का लागि छनोट भएको छ । घरेलु मैदान ब्यूनस आयर्समा बुधवार पेरुलाई १-० ले पराजित गरेलछि साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने गरेको हो । यो जितपछि अर्जेन्टिनाको १२ खेलबाट २५ अंक पुगेको छ । १० टोलीको […]

Success

Thank you for your time.