default_image

8 years ago

October 25, 2016

सोलिडरिटी कपको लागी अन्तिम नामावली सार्वजनिक

87 views

0 Bookmark

सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज सार्वजनिक भएको छ।  ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट भएको हो ।

२८ खेलाडी मध्य गोल्किपर एलन न्यौपाने , डिफेन्डर मान बाहादुर , दिनेश राजबंशि, जितेन्द्र कार्कि, र मिड्फिल्डर सुनिल बल अन्तिम २३ मा पर्न सकेनन । चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी यस अघीनै प्रशिक्षणबाट घर फर्किसकेका थिए ।

National Team training

अन्तिम नामावलीमा २३ खेलाडी मध्य ८ डिफेन्डर , ६ मिडफिल्डर  ६ फर्वार्ड र ३ गोल्किपर परेका छन ।

जापानी प्रशिक्षक ज्ञोटोकु कोजी मुख्य प्रशिक्षक हुन  भने राजु काजी शाक्य सहायक प्रशिक्षक  र उज्वल मानन्धर गोल्किपर प्रशिक्षक  हुन ।

नोवेम्बरको २ तारिकबाट सुरु हुने प्रतियोगितामा नेपाल समुह ‘ए’ मा आफ्नो पहिलो खेल टिमोर लेस्ट बिरुद्ध ५ नोबेम्वेरमा खेल्नेछ भने दोस्रो खेलामा ब्रुनईको सामना गर्नेछ ।

गोलकिपर 

बिकेस कुथु
किरण कुमार लिम्बु
बिशाल श्रेष्ठ

डिफेन्डर
रबिन श्रेष्ठ
बिराज महर्जन
अनन्त तामाङ
दिपक गुरुङ
कमल श्रेष्ठ
देभेन्द्र तामाङ
रन्जित धिमाल
आदित्य चौधरी

मिडफिल्डर

बिशाल राइ
हेमन गुरुङ
बिक्रम लामा
सुजल श्रेष्ठ
राजेन्द्र रावल

फर्वर्ड 
बिमल घर्ती मगर
रन्जन बिष्ट
अनिल गुरुङ
अन्जन बिष्ट
सुमन लामा
नभयुग श्रेष्ठ
भरत खवास

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.