4 years ago
May 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बुटवल लुम्विनी एफसी र विराटनगर सिटी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पहिलो हाफमा बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको पहिलो हाफमा बुटवल लुम्विनी एफसी र विराटनगर सिटी एफसीले १–१ गोलको बराबरी खेलेका हुन् । ओमोलाजा नुरेन करिमको गोलबाट बुटवल लुम्विनीले अग्रता लिदा पेड्रो मान्जीको गोलबाट विराटनगर खेलमा फर्किएको थियो ।
खेलको छैटौ मिनेटमा नुरेनले गोल गर्दै बुटवल लुम्विनीलाई अग्रता दिलाएका हुन् । पाँचौ मिनेटमा अमिर श्रेष्ठको फ्रिकिकलाई विराटनगर सिटीका गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । त्यसमै प्राप्त कर्नरमा लक्ष्मण रुचालको कर्नरमा अर्मान्डको हेडर अलरिव सिवेलाई लाग्दै फर्किएको बललाई ओमोलाजाले उत्कृष्ट फिनिस गरेका थिए ।
२६औं मिनेटमा पेड्रो मान्जी तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई बुटवल लुम्विनीका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले डाइभ दिदै बचाए । ३०औं मिनेटमा विलियम ओपोकुको प्रहारलाई गोलरक्षक किशोर गिरीले मुस्किलले बचाउदा बुटवल लुम्विनी अग्रता दोब्बर पार्नबाट चुक्यो । ४०औं मिनेटमा अमिर श्रेष्ठले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
४२औं मिनेटमा पेड्रो मान्जील गाल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एडेलाजा सोमिडेको पासलाई पेड्रो मान्जीले नियन्त्रणमा लिदै पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गर्न सफल भएका थिए ।दोस्रो हाफ केहीबेरमा शुरु हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]