8 years ago
October 24, 2016
पोर्चुगलसङ युरो २०१६ जिते देखी लयमा फर्कन संघर्ष गरिरहेक क्रीस्टियानो रोनाल्डोको यो रियल मड्रीड आएयताको ला लिगामा सबै भन्दा खराब सुरुवात हो ।
मड्रीडले ९ खेलपछी २१ अंक सहित तालिकामा कब्जा जमाएपनी युरो कपमा चोट बोकेर सुरुका केहि खेल गुमाएका रोनाल्डोले भने ६ खेल खेलिसक्दा २ गोल मात्र गर्न सफल भएका छन ।
च्याम्पियन्स लिगमा २ गोल गरेका रोनाल्डोले यो सिजन मड्रीडसङ ४ गोल गरेपनि, ला लिगामा तथ्याङ्क अनुसार यो उनको अहिलेसम्मको सबै भन्दा खराब प्रदर्शन हो । अघिल्लो दुइ सिजन हेर्ने हो भने पहिलो ६ खेलमा रोनाल्डोले २०१४-२०१५ मा १३ गोल गरी सकेका थिए भने अघिल्लो सिजन ५ गोल गरेका थिए ।
यो सिजन मेस्सी ७ गोल सहित सर्बाधिक गोल गर्ने खेलाडिको सुचिमा पहिलो स्थानमा छन भने बार्सिलोनाको लुइस स्वारेज ६ गोल गर्दै दोस्रो छन । त्यस्तै रोनाल्डो भने २ गोल गर्दै जेराड पिके र सर्जियो रामोस सङ बराबर ३४ स्थानमा छन ।
December 22, 2024
हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]
December 22, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]