default_image

8 years ago

October 24, 2016

कठिन जितपछी रियल मड्रीड ला लिगाको शिर्ष स्थानमा

62 views

0 Bookmark

ला लिगामा एथ्लेटिको बिल्बावोसँगको संघर्षपुर्ण जितपछी रियल मड्रीड अंक तालिकाको शीर्षस्थानमा पुगेको छ ।

Alvaro Morata

रियल म्याड्रीडको घरेलु मैदान सेन्टिएगो बर्नबाउमा भएको खेलमा मड्रीडले एथ्लेटिको बिल्बावोलाई २-१ ले हराएको छ ।  करिम बेन्जेमाले खेलको सातौ मिनेटमा इसकोलो पासलाई सदुपयोग गर्दै मड्रीड्लाई घरेलु समर्थकहरुको माझ अग्रता दिलाएका थिए ।

पहिलो हाल्फको २८ मिनेटमा मड्रीडको डिफेन्सबाट भुल भएपछी त्यसलाई सदुपयोग गर्दै सबिन मेरिनोले बिल्बावोलाई खेलमा फर्‍काए ।

क्रीस्टियानो रोनाल्डोले गोल गर्ने धेरै मौका चुकाएपनी २४औ जन्मदिन मनाउदै गरेका सब्स्टिटुड अलभारो मोराटाले गोल गर्दै रियल मड्रीडलाई ३ अंक दिलाउदै शिर्षस्थानमा पुर्‍याए ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.