default_image

4 years ago

April 27, 2021

पहिलो हाफमा काठमाडौंविरुद्ध धनगढीको ३–० को अग्रता

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान विकेश कुथुले आत्मघाती गोल र आफिज ओलावालेले दुई गोल गरेपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्सविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ ।

खेलको पहिलो मिनेटमा नै दर्शन गुरुङले गोलरक्षक विकेश कुथ बिट भइसकेको अवस्थामा गरेको प्रहार फितलो बन्दा धनगढी एफसी अग्रता लिनबाट चुक्यो । १३औं मिनेटमा काउन्टर अट्याकमा दर्शन गुरुङले बल अघि बढाइरहेको अवस्थामा गोलरक्षक विकेश कुथु पेनाल्टी बक्सबाहिरबाट अघि बढ्दै ट्याकल गर्दै बचाए ।

१९औं मिनेटमा गोलरक्षक तथा कप्तान विकेश कुथुले आत्मघाती गोल गरेपछि धनगढीले खेलमा अग्रता लिएको थियो । टंक बस्नेतले क्रस गरेको बल दोस्रो बारको पोलमा लागेर फर्कदा विकेशलाई लाग्दै गोलमा परिणत भएको थियो । २३औं मिनेटमा आफिज ओलावालेले काउन्टर अट्याकमा गोल गर्दै धनगढीको अग्रता दोब्बर पारे । ३४औं मिनेटमा गोलरक्षक विकेश कुथुले ओलावालेको वान भर्सेस वानको अवस्थाको प्रहारलाई ब्लक गर्दै बचाए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अशोक खवासको पासमा दर्शन गुरुङले मिलाइदिएको पासमा ओलावाले आफिजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै धनगढीलाई ३–० अग्रता दिलाए ।

दोस्रो हाफ केही बेरमा शुरु हुनेछ । धनगढी एनएसएलमा पहिलो जितको खोजीमा हुनेछ । धनगढी पहिलो खेलमा विरानगर सिटी एफसीसँग ३–० ले स्तब्ध बनेको थियो । काठमाडौंको १ खेलबाट ३ अंक छ । धनगढीले अंकको खाता खोल्न सकेको छैन । काठमाडौं रेजर्स धनगढीलाई हराउँदै लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिने दाउमा हुनेछ । काठमाडौंले पहिलो खेलमा ललितपुरलाई १–० ले पराजित गरेको थियो । बराबरीको नतिजाले पनि काठमाडौं शीर्षस्थानमा उक्लनेछ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया हात पार्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार रुपैयाँ पाउने छन् ।

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.