default_image

8 years ago

October 23, 2016

पोखराको सहारालाई हराउँदै मोरङ सेमीफाइनलमा

114 views

0 Bookmark

भरतपुर (हाम्रो खेलकुद)– मोरङ फुटबल क्लब टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ । चितवनमा जारी प्रतियोगितामा आइतबार पोखराको सहारा क्लब पोखरालाई २–१ ले हराउँदै मोरङले अन्तिम चारमा पुगेको हो ।

14797526_1280568098622184_1290435682_n
नारायणगढस्थित क्याम्पाचौरमा मोरङका लागि खेलको २१ औं मिनेटमा दीपक राईले गोल गरे । सहाराका विदेशी खेलाडी सेगुनले ३६ औंमा बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो । ४७ औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजईले गोल गरेपछि त्यहि नै मोरङका लागि निर्णाक बन्यो । प्रतियोगिताको दोस्रो क्वाटरफाईनल खेल चितवन–११ र मनाङ मस्र्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ । मनाङ पहिलो खेलमा भारतको युनाइटेड क्लब सिवानलाई पछि पार्दै अन्तिम ८ मा पुगेको हो भने चितवनले पहिलो खेलमा कैलालीलाई पराजित गरेको थियो । प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

March 17, 2025

एपिएफको जितमा रश्मिको ह्याट्रिक

सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

Success

Thank you for your time.