default_image

8 years ago

October 23, 2016

एन्फा निर्वाचन- यथास्थिती की परिवर्तन मतदाताले निर्णय लिने समय आयो

92 views

0 Bookmark

दीपेश तिमल्सिना (हाम्रो खेलकुद)

 अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले भन्ने गर्थे मैले छोडेको पछि एन्फाको चुनाव सहज हुन्न, दुई तीन प्यानल हुन्छ । यो उनले यसै भनेका होइनन् । एन्फा भित्रको गुट उपगुट राजनीति राम्रो सँग बुझेका उनको यो अनुमान गलत थिएन । तर, पछिल्लो २० बर्ष उनका लागि त्यही गुट उपगुटको राजनीति एन्फामा एक छत्र राज गर्नका लागि सजिलो उपाय बन्यो । जति सुकै गुट उपगुट बनेपनि त्यसले उनलाई अप्ठेरो होइन बरु सजिलै पार्यो । उनलाई नेता मान्न कुनै गुटलाई समस्या थिएन । लडाई थियो त थापापछिको दोस्रो वरियता को भन्नेमा । गुट उपगुटले थापापछि आफ्नै मान्छेलाई एन्फाको दोस्रो नेता मान्दै आएको थियो । थापालाई राम्ररी थाहा थियो, एन्फा भित्र एउटा गुटले अर्को गुटलाई मान्ने परिस्थिति थिएन । तर, जति सुकै गुट बनेपनि आफ्नो विरुद्धमा जान नसक्नेमा थापा ढुक्क थिए । फुटाउ र राज गरमा माहिर थापाले त्यसकै आडमा दुई दशक एन्फा चलाएपनि । सबै फड्के किनाराका साक्षी बनिनै रहे ।

vs

यो गत बर्ष सम्मको एउटा परिस्थिति थियो । अहिले फुटबलमा तीब्ररुपमा दृश्य फेरिएका छन् र एन्फा निर्वाचनको संघारमा आइपुगेको छ । थापाले अनुमान गरे जत्तिकै नभए नभएपछि धेरै चुनौतिको पार गर्दै एन्फा निर्वाचनमा होमिएको छ । बर्षको सुरुआतमा फिफाले थापालाई भ्रष्ट करार गर्दै १० बर्षको निलम्बनसहित २० लाख रुपैयाँ भन्दा बढीको जरिवाना तोकेपछि उनी नेपाल फुटबलको सर्वोच्च पदबाट अलग हुन बाध्य भएका छन् । यद्दपी फिफाको कारवाहीका बीचपनि उनले आफुलाई देश भित्र कारवाही नभएकोले एन्फा अध्यक्ष आफै रहेको दाबी समेत गर्दै आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुविरुद्धको मुद्दालाई तामेलीमा राखेका कारण सभासद समेत रहेको थापालाई त्यो भन्ने आट मिलेको हो । नत्र, उनलाई राम्ररी थाहा छ, फिफाले कारवाही गरेको व्यक्तिको फुटबलमा कुनै अस्तित्व रहँदैन भन्ने । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युइएफका अध्यक्ष मिचेल प्लाटिनीपनि अहिले फिफाको प्रतिबन्धमा छन्, र उनीहरु फुटबलमा सक्रिय छैनन् ।

पछिल्लो एक बर्ष नेपाली फुटबल घटनालाई सबैले राम्ररी बुझेका छन् । थापाले आफु नभएपनि आफ्नो छायाँ एन्फा नेतृत्व राख्न चाहन्छन् । नरेन्द्र श्रेष्ठलाई आफ्नै नेतृत्वमा कार्यवहाक अध्यक्ष बनाउनु त्यसकै एउटा बलियो उदाहरण छ नै ।  अन्ततः थापाको इच्छा विपरित सोमबार एन्फा अध्यक्ष र रिक्त रहेको एक उपाध्यक्षका लागि निर्वाचन हुने भएको छ । अप्रत्यासित कुनै घटना नभए एन्फाले सोमबार साँझ सम्म नयाँ नेतृत्व पाउनेछ । अनि एन्फामा दुई दशक लामो थापाको एकक्षत्र राजको औपचारिक रुपमै अन्त्य हुनेछ ।

तर, मैदानमा रहेका अध्यक्षका दुई उम्मेदवार मध्ये एउटा प्यानल जित्दा भने थापाको छायाँ यथावत रहनेछ । अहिलेका कार्यवहाक अध्यक्ष श्रेष्ठ र थापाकै साला मणी कुवरको प्यानल जित्यो भने थापालाई आफ्नो इशारामा चलाउन सहज हुनेछ । देख्दा देशभरका प्रतिनिधिले चुनेका फुटबल नेता देखिएपनि श्रेष्ठ र कुँवर थापाकै निर्देशनमा चल्ने निश्चित प्राय छ । अर्को प्यानल अर्थात् उपाध्यक्ष कर्मा छिरिङ शेर्पाको समूह जितेको खण्डमा भने थापाको छायाँ एन्फामा पर्नेछैन । या पार्न खोजेपनि त्यसको प्रभाव कम हुन सक्छ ।

सरसर्ती अहिलेको चुनावी माहौल हेर्दा दुवै पक्ष जित्ने सम्भावना उस्तै देखिन्छ । ६८ मध्ये मतदाता मध्ये झन्डै ६० जना एउटा एउटा पक्षमा खुलेर लागेका छन् । कुनै पक्षमा नलाग्ने थोरै छन् । सोमबारको चुनावमा ती निर्णायक पनि हुन सक्छन् । नेपाली फुटबलका बारेमा चासो राख्नेहरु एन्फामा थापाको प्रभाव नरहेको हेर्न चाहेका छन् । तर, निर्वाचनमा आमधारणा कै प्रतिनिधित्व हुन्छ भन्ने छैन ।

अहिलेको परिस्थित जे जस्तो भएपनि एन्फाको निर्वाचनले यथास्थितिलाई नै निरन्तरता दिने वा परिवर्तनलाई साथ दिने भन्ने परिणाम दिनेछ । श्रेष्ठ जित्नु भनेको थापाकै निरन्तरता हुनेछ । हिजो थापाकै समर्थक रहेपछि पछिल्लो दुई बर्षमा पारदर्शिता, आर्थिक अनुसासन र भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै शर्पाले आफ्नो परिचय फेर्न सफल भएका छन् । अब निर्णायक घडी आइपुगेको छ । देशभरका प्रतिनिधिले नेपाल फुटबलको भविष्यका बारेमा गम्भिर भएर सोच्नु पर्ने समय आएको छ । यथास्थितिमै रमाउने की परिवर्तनको प्रयास गर्नेछ । बाहिरबाट जत्तिनै परिवर्तनको कुरा गरेपनि निर्णय गर्ने अधिकार तीनै ६८ मतदातासँग मात्रै छ ।

श्रेष्ठले पछिल्लो एक बर्ष कार्यवहाक अध्यक्षका रुपमा आफ्नो क्षमता देखाउने पर्याप्त अवसर पाएका थिए । तर, त्यसमा उनी सफल देखिएनन् । उल्टो एन्फा होस्टेललाई नै आफ्नो घर बनाएर बसे । थापाले लगेको एन्फाको गाडी फिर्ता गर्नु त कता हो कता आर्थिक विवादमा परेर एएफसीको जागिर छोडेका एन्फा अध्यक्षा थापाका जेठा छोरालाई विशेषज्ञका रुपमा एन्फामा जागिर दिए । उनी थापाको चंगुलबाट फुत्कन सकेनन् । अब पनि श्रेष्ठनै निर्वाचित हुनु भनेको पछिल्लो एक बर्षमा उनले गरेको कामलाई अनुमोदन गर्नु हो । अर्कोतर्फ शेर्पा पनि फुटबलमा टेस्ट हुन बाँकी रहेका नेता हुन् । उनी निर्वाचित हुदाँ श्रेष्ठले भन्दा केही फरक र थापाको छायाँबाट एन्फालाई मुक्त गराउने छन् भन्ने आशा गर्ने ठाँउ छ । यदि शर्पा निर्वाचित भएर पनि राम्रो काम गर्न असफल भए भने एक बर्षपछि हुने केन्द्रिय समितिको निर्वाचनबाट नयाँ नेता चुन्ने अवसर फेरी पनि फुटबलकर्मीकै हातमा हुनेछ । त्यसअर्थमा सोमबारको एन्फा निर्वाचन देख्दा समान्य भएपनि नेपाली फुटबलको व्यवस्थापकिय परिवर्तनका लागि अर्थपूर्ण हुनेछ र त्यसको प्रभाव लामो समय फुटबलमा पर्नेछ । फुटबलमा परिवर्तन ल्याउने की फेरी पनि थापाकै निरन्तरता चाहने त्यसमा फुटबलका मतदाताले विवेक पुर्याउने समय आएको छ ।

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

Success

Thank you for your time.